आँखा पाक्ने रोग फैलिएकोले विद्यालयको पठन पाठन रोक्दै दमक नगरपालिका

 

दमक/
पछिल्लो समय आँखा पाक्ने रोग अत्याधिक मात्रामा बढ्न थालेको र यसको प्रकोप बालबालिमामा बढि रहेकोले विद्यालयको पठन पाठन बन्द गर्ने सन्दर्भमा दमक नगरपालिकाले आज निणर्य गरेको छ ।

दमक नगरपालिकाले एक सुचना जारी गर्दै भन्यो ‘कुनै पनि विद्यालयमा आँखा पाक्ने रोग फैलिएको भए त्यस विद्यालयको व्यवस्थापन समितिबाट निणर्य गराई निश्चत अवधिकालागि विद्यालयको पठन पाठन रोक्न नगरको शिक्षा समितीबाट निणर्य भए अनुसारको अनुरोध गरिएको छ । ’
यसको अर्थ दमकका सबै विद्यालय बन्द गर्नु भन्ने नभएर जोखिम रहेका विद्यालयले स्वःस्फूर्त बन्द गर्न भने पाउने भएका छन् ।

 

बन्द गरिएको विद्यालयले बन्द गर्ने सन्दर्भमा व्यवस्थापन समिती वा सञ्चालक समितीबाट गराएको निणर्यको जानकारी चाहि दमक नगरपालिकालाई पनि बुझाउनु पर्ने नगरपालिकाले जनाएको छ ।

 

शिक्षा अधिकृत प्रविण खड्काद्धारा हस्ताक्षरित परिपत्रमा उल्लेख भए अनुसार आँखा पाक्ने रोग बालबालिकामा छिटै सर्ने भएकोले बालबालिकालाई घरमै राखेर उपचारको व्यवस्था गर्न अभिभावकलाई अनुरोध गर्ने निणर्य पनि गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो