निजी विद्यालयलाई निशुल्क छात्रबृद्धि वितरणको विवरण पठाउन नगरको निर्देशन

 

दमक/
दमक नगरपालिका क्षेत्रमा रहेका निजी विद्यालयहरुले सरकारले बनाएको मापदण्ड अनुसार छात्रबृद्धि वितरण नभएको भनेर व्यापक गुनासो बढेपछि दमक नगरपालिकाले यसमा चासो देखाएको छ ।

 

दमक नगरपालिकाको शिक्षा समितीले यहाँ नगरमा रहेका सबै सामुदायीक विद्यालयहरुलाई छात्रबृद्धिको विवरण नगरपालिकामा पेष गर्न निर्देशन सहितको पत्र सम्प्रेशण गरेको छ ।

 

शिक्षा ऐन २०२८ को दफा १६(ञ)को उप दफा १ र अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ को दफा २७ को उपदफा ३ मा भएको व्यवस्थाको कार्यान्वायनको अवस्था बुझ्न यस प्रकारको पत्रचार गरिएको नगरका शिक्षा समिती अध्यक्ष कुवेर भट्टराईले जानकारी दिनु भयो ।

 

‘विद्यालयले पठाएको त्यो विवरणमा हामी आफै शुक्ष्म अनुगमन पनि गर्छौ , उनीहरुले दिएको छात्रबृद्धि कागजमा हो वा व्यहावरमा , दिएका विद्यार्थीको हाजिरी , अभिभावकसँगको कुराकानी सबै कुरा बुझ्ने छौ । औपचारिकताकालागि मात्रै पत्रचार गरिएको होईन । ’ अध्यक्ष भट्टराईले उज्यालो खवरसँग कुराकानी गर्ने क्रममा बताउनु भयो ।

 

सो ऐन अनुसार निजी विद्यालयले आफ्नो कुल विद्यार्थीको भर्ना दरको आधारमा १० प्रतिशत विद्यार्थीलाई पूणर् छात्रबृद्धि प्रदान गर्नु पर्ने प्रावधान रहेको छ ।

 

न्गरपालिकाले विद्यालयलाई पठाएको पत्रमा आगामी भदौ १५ गते सम्ममा सबै विवरण पेष गरिसक्न अनुरोध गरेको छ । नगरले त्यसको ढाँचा पनि विद्यालयहरुलाई परिपत्रका साथमा पठाएको छ ।

 

Share: