निजी विद्यालयलाई निशुल्क छात्रबृद्धि वितरणको विवरण पठाउन नगरको निर्देशन

 

दमक/
दमक नगरपालिका क्षेत्रमा रहेका निजी विद्यालयहरुले सरकारले बनाएको मापदण्ड अनुसार छात्रबृद्धि वितरण नभएको भनेर व्यापक गुनासो बढेपछि दमक नगरपालिकाले यसमा चासो देखाएको छ ।

 

दमक नगरपालिकाको शिक्षा समितीले यहाँ नगरमा रहेका सबै सामुदायीक विद्यालयहरुलाई छात्रबृद्धिको विवरण नगरपालिकामा पेष गर्न निर्देशन सहितको पत्र सम्प्रेशण गरेको छ ।

 

शिक्षा ऐन २०२८ को दफा १६(ञ)को उप दफा १ र अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ को दफा २७ को उपदफा ३ मा भएको व्यवस्थाको कार्यान्वायनको अवस्था बुझ्न यस प्रकारको पत्रचार गरिएको नगरका शिक्षा समिती अध्यक्ष कुवेर भट्टराईले जानकारी दिनु भयो ।

 

‘विद्यालयले पठाएको त्यो विवरणमा हामी आफै शुक्ष्म अनुगमन पनि गर्छौ , उनीहरुले दिएको छात्रबृद्धि कागजमा हो वा व्यहावरमा , दिएका विद्यार्थीको हाजिरी , अभिभावकसँगको कुराकानी सबै कुरा बुझ्ने छौ । औपचारिकताकालागि मात्रै पत्रचार गरिएको होईन । ’ अध्यक्ष भट्टराईले उज्यालो खवरसँग कुराकानी गर्ने क्रममा बताउनु भयो ।

 

सो ऐन अनुसार निजी विद्यालयले आफ्नो कुल विद्यार्थीको भर्ना दरको आधारमा १० प्रतिशत विद्यार्थीलाई पूणर् छात्रबृद्धि प्रदान गर्नु पर्ने प्रावधान रहेको छ ।

 

न्गरपालिकाले विद्यालयलाई पठाएको पत्रमा आगामी भदौ १५ गते सम्ममा सबै विवरण पेष गरिसक्न अनुरोध गरेको छ । नगरले त्यसको ढाँचा पनि विद्यालयहरुलाई परिपत्रका साथमा पठाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु