दमक/
झापाको दमक बजारमा खाजा खानेहरुलाई अम्बिका माछा फ्राईको नाम कुनै पुरानो लाग्दैन होला । यहाँको स्वादले सन्तुष्ट भएका ग्राहक र ग्राहकलाई मिठो परिकार बनाएर माछाको स्वाद चखाने काम गर्नु भएकी डुका कुमाल अझ धेरै सन्तुष्ट हुनुहुन्छ ।
उहाँको माईति क्षेत्री थर हो । तर उहाँको विवाह कुमालसँग भयो । कुमालको घरमा बुहारी बनेर आएछि यहाँ सासुले सम्हाली रहनु भएको पसललाई हुर्काइ बढाई गर्ने प्रमुख दायीत्व आयो । सम्र्पूण परिवारको साथ र सहयोगले अहिले सबैको स्वादमा भुण्डिएको छ अम्बिका माछा फ्राईको माछा ।
दिनमा एक किलो मात्रै माछा बिक्ने गर्दथ्यो यहाँ । तर अहिले दिनमा एक सय किलो सम्म पनि बिक्रि भएका छन् । डुकाले माछाको स्वादमा अझ मिठास थप्ने काम गर्नु भयो । र यसको व्यापार अझ बढ्न थाल्यो । यहिको कमाईले परिवार मात्रै पालिकाएको छैन हर आकक्षा र चाहना पुरा भएका छन् । घर घडेरी सम्म नै जोड्न सफल भएको यो व्यवसायले उहाँलाई नामसँगै दाम पनि दिएको छ ।
अहिले परिस्थिती प्रतिकुल छ । लगानी गरिहाल्ने उचित वातारण छैन भन्ने उहाँले महसुस गर्नु भएको छ । यद्यपी बिना लगानी व्यापार पनि त हुदैन । यो कुराको प्रयोग उहाँले दशक देखीनै गरिरहनु भएको छ । त्यसैले यसैको नयाँ शाखा स्वरुप बिर्तामोडमा पनि अम्बिका माछा फ्राई खोल्नु भएको छ । आफुले पनि व्यापारनै जानेको र गरेको भएपनि आफ्नो छोरोलाई पनि यही पेषामा लगाएको उहाँले बताउनु भयो ।
अहिले सम्मको उपलब्धी उहाँले कमाईलाई भन्दा पनि आफ्नो मिहनत र लगनसिलता दिएको पहिचानलाई मान्नु भएको छ । उहाँ भन्नु हुन्छ कमाई त खै के कती भयो तर सबैले मलाई अम्बिका माछा फ्राई भनेर चिन्छन् ।’ आफ्नो वास्तविक नाम भन्दा पनि बढि पसलको नामलेनै आफुलाई चिन्ने उहाँको भनाई छ ।
निरन्तर यो पेषामा लाग्न उहाँले परिवारको सकरात्मक साथ पाउनु भयो । यसलाई बढाउँदै ग्राहकको रुचि अनुसार सेवा बढाउँदै अघी बढ्न उहँलाई आर्थीक सहयात्रीको रुपमा चाहि सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्थाले गरेको छ । सस्थाले उहाँको व्यवसायीक प्रर्वधन र फैलावटमा महत्वपूणर् भूमिका निर्वाह गरेको उहाँले स्मरण गर्नु भयो ।
यता दमकको नमुना बजारमा दशकौ देखी जुत्ता चप्पलको व्यवसाय गरिरहनु भएका कृष्ण श्रेष्ठले पनि कम्ति संघर्ष गर्नु भएको छैन । बिगतमा यही ठाउँमा उहाँका बुबाले कपडाको पसल गर्नु हुन्थो । पछि दाजुले त्याही व्यवसाय सम्हाल्नु भयो । अहिले उहाँले । उहाँले मात्रै यो व्यवसाय सम्हाल्न थालेको पनि २४ वर्ष भन्दा बढी भइसक्यो । पसल हो कुष्मन कलेक्सन ।
२०२४ साल देखी दमकमा व्यवसाय गरेको उहाँको परिवारले व्यापार मात्रै गर्न जान्यो । आफ्ना पुस्तालाई पनि व्यापारीनै बनायो । कृष्णको बुबाले गर्नु भएको त्यसबेलाको संघर्षका कारण अहिले उहाँका दाजु धुलिखेलमा ब्यापार गरेर बस्नु भएको छ भने कृष्ण दमकमा । दमकको पनि नमुना बजारमा खाटमा राखेर थालीएको ब्यापारले अहिले फरक पहिचान दिएको छ ।
नमुना बजार अहिले हेर्दा जति सुन्दर छ पहिला यस्तो थीएन । यहाँका पसल भीत्रै पानी पस्थ्यो । हरेक वर्षको बर्खामा यहाँका पसलभीत्रै पानी पस्थ्यो । जसले गर्दा हजारौका सामानहरु नष्ट हुने गर्दथे । कृष्णले पनि त्यो चुनौती सामना गर्दै आउनु भयो ।
समय अनुसार आफ्नो व्यवसायलाई परिस्कृत गर्दै अघी बढ्नु पर्छ । परिस्कृत हुने बाहनामा आफ्ना पुरना र स्थानिय ग्राहकको आवश्यकता र चाहनालाई पनि भुल्नु हुदैन । यी दुवै कुरालाई परिपुर्ती गर्दै अहिले आफ्नो व्यवसाय अघी बढाइरहनु भएको छ ।
कृष्णको अढाई दशक भन्दा लामो व्यवसायी अनुभवले भन्छ व्यवसायमा लगानी गर्ने हो भने ब्यापार गर्ने ठाउँ निश्न्ति गर्नु पर्छ । ठाउँ अनुसार कहाँ कति लगानीमा कस्तो ब्यापार गर्ने त्यहि अनुसार लगानी गर्ने हो भने मुनाफा हुन सक्छ ।
दमकको मुख्य बजार क्षेत्रमा रहेको उहाँको यो पसल अहिलेको आधुनिक माग र समयलाई ध्यानमा राख्दै परिस्कृत गरेर सञ्चालन गरिरहनु भएको छ ।उहाँको व्यवसायीक क्षेत्रमा बित्तिय सहयात्रा गर्न सुर्य दर्शन बचत तथा ऋण सहकारीको साथ र सहयोग मिलेको उल्लेख गर्नु भयो ।
दमकको बेलडाँगीमा ब्यापार गरिरहनु भएका मिश्रीलाल शाहले पनि यहाँ फरक पहिचान बनाउनु भएको छ । लगनशलिता र इमान्दारिताको पर्याय बन्नु भएको मिश्रीलालले फरक फरक ब्यापार गनुभयो । त्यो पनि बेलडाँगीमै । उहाँले सुरुमा दैनिक खाद्यन्नका सामान बेच्ने ब्यापार गर्नु भयो । अहिले त्यसलाई रुपान्तरण गरेर हार्डवेयर पसल । उहाँले यहँ ब्यापार थालेको बेलामा भुटानी शरणार्थीहरु प्रशशस्त थीए । दैनिक खाद्यन्नका सामानहरुको ब्यापार राम्रैैसँग चल्थ्यो । तर जव शिविरबाट शरणार्थीहरु तेस्रो देश पूनःर्वासमा गए त्यसपछि उहाँको किरानाको ब्यापार चल्न कम भयो ।लामो समय सम्म सामान मौज्दात हुँदा खाद्यन्न सामाग्रीको म्याद गुज्रीने र त्यसै सडेर जाने भयो । त्यो ब्यापारले नाफा भन्दा पनि नोक्सान बढाउन थालेपछि छिटै नष्ट नहुने अर्थात म्याद नगुज्रीने सामानको ब्यापार गर्न थालेको उहाँले उल्लेख गर्नु भयो ।
व्यवसायमा उहाँले आफ्नो इमान्दारीलाई कायम राख्न सक्नु भयो । संघर्ष निरन्तर गर्नु भयो । कसैलाई ढाँटेर वा छलेर पैसा कमाउने सोच बनाउनु भएन । त्यसैले आफु अहिले सम्म टिकिरहेको उहाँ बताउनु हुन्छ । परिस्थिती जस्तो सुकै किन नआवोस व्यावसाय गर्नेहरुमा त्यसलाई समाना गर्ने क्षमता आफुसँग हुनु पर्छ भन्ने आत्मबल मन भित्र हुनुपर्ने उहाँको अनुभव छ ।
अहिले ब्यापार गर्नेहरु भन्दा पनि ब्यापार छोड्नेहरु बढिरहेको उहाँले देख्नु भएको छ । वर्षौ देखी गरि आएको ब्यापार छोडेर कोहि पलायन हुन्छ भने त्यो निकै कष्टपूणर् परिस्थिती आइलागेको हुन्छ । मिश्रीलालको बुझाईमा कष्ट पूणर् परिस्थिती त्यो बेला आउँछ जतिबेला आफ्नो लागानीको क्षेत्र गलत पर्छ । त्यसैले उहाँको सुझाव छ ब्यापारमा लगानी गर्नु अघी लगानी गर्न खोजेको क्षेत्रबारेम गहिरो अध्ययन गर्नु पर्छ । त्यो ब्यापार चल्छ चल्दैन । नचलेका बेलामा त्यसको सामना कसरी गर्ने भन्नेबारेमा पूर्वानुमान गरेर मात्रै लगानी गर्नु पर्छ ।
सुरुमा किराना पसल हुदा होस वा अहिले हार्डवेयर पसल उहाँले पनि ऋण लिनु भएकै छ । तर त्यो ऋण उहाँले आफ्नो ब्यापारमा मात्रै लगाउनु भएको छ । त्यसैले उहाँलाई ऋण तिर्न पनि गाह्रो छैन । ऋण लिन पनि अप्ठ्यारो छैन । उहाँको व्यवसायीक इमान्दारिता देखेरै सुर्य दर्शन बचत तथा ऋण सहकारी सस्थाले कहिले धितो त कहिले बिना धितोमा लाखौ ऋण लगानी गरेको छ । र व्यवसालाइ बढाउन मद्यत पुगिरहेको छ ।
व्यापार गर्न सम्बन्धीत क्षेत्रका बारेमा गहिरो अध्ययन , लगानीबाट हुने प्रतिफलको मात्र नभएर अन्य नोक्सानी र हानीको पनि पूर्वानुमान अनी ऋण लिएर गलत क्षेत्रमा प्रयोग नगर्ने हो भने डुकु कुमाल, कृष्ण श्रेष्ठ र मिश्रीलाल शाहले जस्तै आफ्नो व्यापारलाई निरन्तर्ता दिन सकिने छ ।
भिडियोमा हेरौ
‘दाम भन्दा धेरै नाम कमाइयो, निरन्तर्तानै व्यवसायीक सफलताको आधार’ – YouTube










