किनिनसक्नु तरकारीको मुल्य, व्यापारी भन्छन्‘यो मौसमी समस्या हो, पालिका भन्छ‘अनुगमनमा सुधार गर्छौ’(भिडियो रिपोर्ट)

दमक/
झापा दुधेबाट दमकको तरकारी बजारमा सब्जी किन्न भनेर आउनु भएकी सन्सरानी लिम्बुको आक्रोस छ ‘कतिले कुइने गरि राख्छन अनी फाल्छन् । अहिले महगो भयो भन्छन् । हामी उपभोक्ता त मारमै परिहाल्यौ नी ।’ दुधेमा भन्दा सस्तो मुल्यमा तरकारी पाइन्छ कि भनेर दमक आउनु भएकी उहाँ यहाँको मुल्य झन महगो भएको पाइएको प्रतिकृया दिनु हुन्छ ।

यता कमल गाउँपाकिलाका किसान महेन्द्र दाहाललाई लागेको छ नेपालको बजार भारतले नियन्त्रण गर्छ । यदी भारतबाट भन्सार छली गरेर तरकारी जन्य सामाग्री नआउने हो भने यहाँका किसानले मुल्य पनि पाउथे र कम विषादी भएका तरकारी उपभोक्ताले खान पाउथे तर अहिले भारतबाट ट्रकका ट्रक तरकारी आउछन् यसले गर्दा न उपभोक्तले पनि स्वच्छ नेपाली उत्पादन खान पाउछन् । उभोक्ता र किसान मरिरहेका छन् तर प्रशाषन भने मुकदर्शक बनेको उहाँको भनाई छ ।

दमकका मान बहादुर खड्का तरकारी बजारमा सब्जी किनिरहनु भएको थियो । एक साता अघीको बजारको मुल्य र अहिलेको बजार मुल्य दोब्बर बढेको उहाँले बताउनु भयो । बजार महगीएपछि तरकारी किनेरनै छाक टार्ने उपभोक्ताहरुलाई अहिले निकै गाह्रो भएको उहाँले सुनाउनु भयो ।

यो मौसमी महगी हो : व्यवसायी

यता तरकारी बजार व्यवस्थापन समिती अध्यक्ष कुमार श्रेष्ठ चाहि अहिले तरकारीको मुल्य बढ्नेनै समय रहेको बताउनु हुन्छ । खासगरि असार देखी असोज सम्म तरकारीको मुल्य बृद्धि हुने उहाँले जानकारी दिनुभयो । बर्खाको समयमा तराईमा उत्पादन कम हुने पहाडबाट आउँदा बाटोमो पहिरो जाने, बाढी भेल आउने गर्नाले पनि तरकारीनै कम भएकोले मुल्य बृद्धि हुने र पछिल्लो समय टमटरको मुल्य चाहि अचाक्ली बढेको स्विकार गर्दै श्रेष्ठ भन्नु हुन्छ नेपाली टमटर अधिकांश भारत जान थालेको छ त्यहि भएर त्यसको असर उहाँ परेको हो ।

‘अनुगमन प्रभावकारी बनाउँछौ’ :नगरपालिका

बजारमा अहिले तरकारी तथा अन्य दैनिक उपभोग्य सामाग्रीको पनि मुल्य बढिरहेको छ । कतिपय व्यापारीले यसमा मनलाग्दी मुल्य बढाएको भनेर गुनासो पनि गरिरहेका छन् । यसको नियन्त्रण गर्न स्थानिय सरकारमा अधिकार सहितको अनुगमन समिती छ । जसको नेतृत्वमा दमकमा उप प्रमुख रेगिना भट्टराई प्रसाई हुनुहुन्छ । तर समितीले बजारको अनुगमन प्रभावकारी नगरेको भनेर पनि उपभोक्ताहरुको गुनासो छ । खासमा बजार अनुगन गर्न किन आनाकानी ? भनेर हामीले उप प्रमुख भट्टराईलाई प्रश्न गर्यौ ।

‘बजार अनुगमन नियमितनै भइरहेको छ । अहिले बजार मुल्य बढेको बारेमा उपभोक्ताको गुनासो बढिरहेको कुरा स्वभाविक हो । हामी यसलाई थप प्रभावकारी बनाउने सन्दर्भमा समितीको छलफलबाट निणर्य गरि अघी बढ्नेछौ । ’उहाँले जवाफ दिनु भयो ।

महगीको मारमा अहिले उपभोक्ता छन् । एक त चौतर्फि आर्थिक मन्दी । यसमा पनि बजारमा मुल्य बृद्धि । आम्दानी र कमाई समेत कम भएको यो परिस्थितीमा बजारमा दैनिक उपभोग्य सामानामा बढाइएको मुल्य नियन्त्रण गर्न सरकारी चासो देखिन आवश्यक छ ।

भिडियोमा हेरौ

Share: