दमक/
अहिले देशभरका शिक्षकहरु आन्दोलनमा उत्रीएका छन ।
अहिले सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०५०’ को मस्यौदामा रहेका केही दफाहरु संविधान प्रदत्त ट्रेड युनियन अधिकार शिक्षक-कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै शिक्षक महासंघले आन्दोलन सुरु गरेको हो ।
मस्यौदामा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएका ३० बुँदे र ५१ बुँदै सहमतीका सबै बुँदाहरु उचित तवरवाट नसमेटिएको पनि महासंघले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
आन्दोलन अन्तरगतनै आज सबै पालिकामा आफ्ना मागहरू राख्दै महासंघको दमक नगर समितीले पनि यहाको स्थानीय सरकारलाई आफ्ना मागबारे जानकारी गराएको छ ।
नगर कमिटी अध्यक्ष कृष्ण भण्डारीको संयोजकत्वमा नगरका विभिन्न सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुको समुहले नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत यज्ञ निरौलालाई आफ्ना मागबारे जानकारी गराएको छ ।
मागपत्रमा अहिले मन्त्री परिषदले पास गरेको र सदनमा पेस हुन बाकी शिक्षा बिधेयकको मस्यौदाले स्थायी अस्थायी करार, राहत, साविक उमावि, बालकक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीका धेरै मागमुहाको सम्बोधन गर्न नसकेको ठहर छ ।
आन्दोलनकाबारेमा जानकारी दमक नगर अध्यक्ष भण्डारीको भनाईलाई भिडियोको रुपमा यहाँ राखिएको छ ।