राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । साँझसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी बोर्डले तयारी गरेको बोर्ड सदस्यले बताए ।
बोर्डले नतिजा सार्वजनिक गर्न दिउँसाे बोर्ड बैठक बोलाएको छ । वैशाख २६ गतेदेखि कक्षा १२ को परीक्षा सुरु भएको थियो । कक्षा १२ परीक्षामा को देशभरबाट चार लाख भन्दाबढी विद्यार्थी सहभागी भएका थिए ।










