दमक/
झापाको दमक ९ मा रहेको सरस्वती मावि इटाभट्टाले ‘ म बनाउँछु मेरो विद्यालय’ अभियानको थालनी गरेको छ ।
विद्यालय सुधार गर्ने हो भने यसमा सरोकार राख्ने सबैले आ आफ्नो क्षेत्रबाट गर्न सक्ने योगदानलाई संकल्पको रुपमा अघी सारेर विद्यालय सुधारको अभियान सुरु गरेको जनाइएको हो ।
आज विद्यालयको व्यवस्थापन समितीले अभिभावकसँग वृहत अन्तरकृयाको आयोजना ‘मेरो विद्यालय म बनाउँछु’ भन्ने अभियानको घोषणा गरेको हो ।
समितीका अध्यक्ष रेवतराज पुरी गगनले सामुदायीक विद्यालयमा विप्पन्नका मात्रै छोराछोरी पढ्छन् भन्ने सामाजीक मान्यताको अन्त्य गर्दै यहाँको गुणस्तर सुधार गरेर धनि र पैसा भएकाहरुका छोराछोरीको पनि रोजाईको विद्यालय बनाउनकालागि यो अभियानले सहयोग गर्ने उल्लेख गर्नु भयो ।
उहाँले विद्यालयलाई कसरी सुधार गरेर अघी बढ्ने भन्नेबारेमा आफ्ना योजना सो अवसरमा सार्वजनिक समेत गर्नु भएको थियो ।
अहिले विद्यालय रहेको ठाउँको पश्चिम तर्फका पुराना कक्षा कोठाहरु भएको ठाउँमा तीन तले अत्याधुनिक भवनको डिपिआर गरि सकेको र सो निर्माण गर्नकालागि संघीय सरकारसँग बजेटको माग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै दमक ८ मा विद्यालयको नाममा रहेको जग्गामा प्रदेशकै सबै भन्दा बिशिष्टिकृत प्रकारको आवासीय प्राविधिक शिक्षालय बनाउनकालागि पनि डि पि आर गराइसकेकोले यो कामले पनि पूर्णता पाउने उहाँले बताउनु भएको छ ।
विद्यालयको नाममा रहेका अचल सम्पत्तीलाई चलायमान बनाइ न्यूनतम पनि महिनाको १० देखी १२ लाख रुपैँँया आम्दानी गराउने र त्यो रकमले सबै विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा दिने गरिको काममा आफुहरु लाग्ने उहाँले सोहि कार्यक्रम मार्फत उद्धघोष गर्नु भयो ।
यता विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले पनि तीन वर्ष भित्रमा विद्यालयलाई नगरपालिकाको उत्कृष्ट नमुना विद्यालय बनाउने योजना सार्वजनिक गर्नु भएको छ । ढकालले प्राविधिक शिक्षालाई सवल बनाइ सिकाउने, टिकाउने र विकाउने निती अवलम्बन गर्ने बताउनु भयो ।
विशेष शिक्षालाई सुविधा सम्पन्न बनाइ आय आर्जनमा जोड्ने निती पनि अव विद्यालयले लिने प्रधानाध्यापक ढकालले उल्लेख गर्नु भयो ।
कार्यक्रममा विद्यालय शैक्षिक गुणस्तरलाई सुधार गर्न विभिन्न १८ वटा उप समिती र एउटा सल्हाकार समिती पनि बनाइएको छ । दमकका विभिन्न क्षेत्रमा काम गरिरहेका हरेक क्षेत्रका नागरिकलाई समेटर बनाइएका ती उप समितीलाई फरक फरक जिम्मेवारी तोकिएको छ भने सबैमा छुट्टा छुट्टै संयोजक तथा सदस्य सचिव बनाइएको छ ।
दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता सम्पन्न सो कार्यक्रममा उहाँले यो विद्यालयको शैक्षिक गुणस्तर बढाउन नगरले खेल्नु पर्ने भूमिका सँधै सकरात्मक हुने उल्लेख गर्नु भयो । अव विद्यार्थीहरुलाई शैद्धान्तीक मात्र नभएर व्यवहारीक र नैतिक शिक्षा पनि प्रभावकारी रुपमा दिन आवश्यक रहेको र यसकालागि नगरपालिकाले सहयोग गर्ने उल्लेख गर्नु भयो ।
कार्यक्रममा विषेश अतिथी रहनु भएका नगरपाकिलाका शिक्षा समिती अध्यक्ष कुवेर भट्टराईले समुदाय जती चलायमान भयो उतीनै विद्यालयको शैक्षिक गुणस्तर बृद्धि हुने बताउनु भयो । समुदायको चासो र चिन्ता बढ्नु पर्छ भनेर नै विभिन्न उप समिती बनाइ जिम्मेवारी तोकिएकाले अव विद्यालयमा सुधार हुनेमा उहाँ विस्वस्त हुनुहुन्छ ।
विद्यालयका पूर्व प्रधानाध्यापक दिलिप श्रेष्ठले विद्यालयलाई नमुना बनाउन यहाँबाट सेवा निर्वित्त भएका शिक्षक तथा प्रधानाध्यापकलाई समेत समेटेर सुझाव लिएर काम गर्न आवश्यक रहेको औलाउनु भएको थियो ।
समुदायका सबै क्षेत्र र सरोकारवालालाई आमन्त्रण गरिएको यो कार्यक्रममा उल्लेख्य मात्रामा अभिभावकहरुको उपस्थिती रहेको थियो ।