दमक/
बिराटनगरमा रहेको इष्र्टन कलेज अफ इन्जिनियरिङले विद्यार्थीहरुबाट जरिवाना भन्दै अधिकतम शुल्क लिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।
नयाँ सेमिस्टिार सुरु हुने बित्तिकै कलेजले एक पटक मात्रै सुचना प्रकाशन गरि मासिक २ प्रतिशत र वार्षिक २४ प्रतिशत अतिरिक्ति सुल्क लिएको प्रति आफुहरुको आपत्ती रहेको भन्दै विद्यार्थीहले हिजो ज्ञापन पत्र पनि बुझाएका थीए ।
कलेज प्रशासानलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ‘सेमिटस्टार शुल्क आफैमा विद्यार्थी र अभिभावककालागि एक आर्थीक बोझ हो तर जरिवाना र सेमिस्टार शुल्क समयमा नबुझाए फारम नबुझ्ने र अन्तिम समयमा तीन गुणा दस्तुर तिर्न बाध्य बनाउनु कलेजले शिक्षामा ब्यापार गरेको हो भन्ने हाम्रो ठहर छ ।’ विद्यार्थीहरुको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
उनीहरुले विभिन्न पाँच बुदाको माग राख्दै कलेजको प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । कलेजले लिएको अतिरिक्त शुल्कलाई मिटर ब्याजी जरिवनाको सज्ञा दिएका छन् र यो पूणर्रुपमा हटाइनुपर्ने उनीहरुको माग रहेको छ ।
यस अघी कसैबाट यसरी शुल्क असुलिएको भए त्यो असुल गरिएको रकम सेमिस्टारको शुल्कमा मिलान गर्नुपर्ने, सेमिस्टारको शुल्क परिक्षाको फारम भर्ने अन्तिम मिती सम्म पाउनुपर्ने लगायत माग राखेका छन् ।
कलेजको प्रशासनले यो कुराको सुनुवाई नगरेपछि उनीहरु आज जिल्ला प्रशासन कार्यालय मोरङमा पनि गएर कलेजका विरुद्धमा निवेदन दिएका छन् ।
अव कानुनी रुपमै अघी बढ्ने भन्दै उनीहरुले प्रशासन कार्यालय पुगेको विद्यार्थी भुवन दाहालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
विद्यार्थीको निवेदन बुझ्दै प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले आफुहरुसँग भएको अनुसन्धानको टोलीलाई खटाएर सत्य तथ्य खोजी गर्ने र गलत रहेको प्रमाणीत भए कार्वाहि गर्ने आवश्वासन दिनु भएको छ ।