सहकारीमा सकस : ‘सञ्चालक र कर्मचारीमै ऋण कारोबार बढी’

दमक/
पछिल्लो समय सहकारीहरुमा सकस आएको छ । आम नागरिकहरुमा सहकारी प्रतिको बिस्वास घटीरहेको छ । नियमीत बचत गर्नेहरुले पनि खाता बन्द गर्ने तथा सदस्यतानै परित्याग गर्ने क्रम अधिकांश सहकारीहरुमा फस्टाइरहेको छ । केहि ठुला भनीएका सहकारीहरुको गलत हर्कतका कारण समग्र सहरीकारीप्रति आम नागरिकमा गलत नजिर बस्न थालेको हो ।

 

केहि सहकारीमा सञ्चालक बन्न मरिहत्ते गर्नेहरुनै सहज प्रकृया बाट अत्याधिक ऋण लिने र त्यसलाई समयमा नतिर्ने प्रबृद्धिका कारण पनि सहकारीमा समस्या आएको दमकमा रहेको सुर्यमुखी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष चुडामणि ओझाले बताउनु भयो ।

 

सस्थाको आठौ वार्षिक साधरणसभामा बोल्दै ओझाले भन्नु भयो ‘केहि केहि सस्थाको अधिकांश रकम सञ्चालक र कर्मचारीमा केन्द्रित भयो । ’

सस्थाले सदस्यहरुमा विभिन्न बाहना बनाएको तर सञ्चालक र कर्मचारीमाका नाममा ठुलो ठुलो मात्रामा ऋण प्रवाह भएको उहाँले उल्लेख गर्नु भयो । ‘ खासमा सहकारीमा समस्या आउनुको कारण नै यहि हो भन्ने मलाई लाग्छ ।’

 

आफ्नो प्रतिवेदन सार्वजनिक गर्न पोडियमा उभीएर बोल्दै अध्यक्ष ओझा थप्नु हुन्छ ‘केहि केहि सहकारीहरुको लगानी अनुत्पादक क्षेत्रमा बढि भएको र ती क्षेत्रहरुको कारोबार अहिले ठप्प भएपछि ऋण जोखिम परेको हो । ’

आफ्नो सहकारीले एक रुपैँया पनि अनुत्पाक क्षेत्रमा लगानी नगरेको दावि गर्दै आझाले सदस्यहरुलाई उत्पादनमा जोड्ने खालका कार्यक्रममा मात्रै अधिकाशंक लगानी रहेको पनि उल्लेख गर्नु भयो ।

साथै कर्मचारी तथा सञ्चालकहरुलाई ऋण चाहिएमा बचतका आधारमा अधिकतम २ लाख रुपैँया सम्म मात्रै दिने गरिको प्रस्ताव पनि उहाँले सो सभामा पेष गर्नु भयो ।

बचत र कर्जा लगानी घट्यो

यस्तै सस्थाको प्रविवेदनमा उल्लेख भएको विवरण अनुसार सस्थाको बचत र कर्जा लगानी दुवै घटेको छ । आर्थीक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा घटेको हो ।

प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार आ.व ०७८/७९ मा १५ करोड ७ लाख ४ हजार ६ सय ६४ रुपैँया बचत गरेको सस्थाले आ.व. ०७९/८० मा भने १४ करोड९० लाख २१ हजार ५ सय १४ रुपैँया मात्रै गरेको छ ।

यस्तै कर्जा पनि आ.व. ०७८/७९ मा २१ करोड ५७ लाख ५१ हजार ४ सय १ रुपैँया लगानी गरेको थियो भने आ.व. ०७९/८० मा १९ करोड २९ लाख ७२ हजार ३ सय ८१ रुपैँया कर्जौ लगानी गरेको छ ।

सस्थाको सदस्यको संख्या पनि घटेको तथ्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ । आ.व ०७८/७९ मा ९ सय ९४ जना सदस्य रहेको सस्थामा आ.व. ०७९/८० मा आइपुग्दा ९ सय ६५ जनामा झरेका छन् । सदस्यको संख्या घटेपनि नयाँ सदस्य बढाउने सस्थाको योजना नरहेको पनि अध्यक्ष ओझाले बताउनु भयो ।

अध्यक्ष ओझा जिल्ला सहकारी सघंको लेखा सुपरिवेक्षण समितीका संयोजक रहेर काम गरिरहनु भएको छ भने गत साउन ११ गतेको दमक नगरपालिकाको कार्यपालिकाको बैठकले उहाँलाई दमक नगरपालिका सहकारी विकास बोर्डको सदस्यमा मनोनित समेत गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त