बैकंमा पैसै पैसा, कर्जाको मागमा भने कमी, निजी क्षेत्रलाई प्रोत्साहन गर्न जोड

दमक/
झन्डै पौने ४ खर्ब लगानीयोग्य रकम वित्तीय प्रणालीमा थुप्रिएका बेला स्थानीय तहको ६० अर्ब रुपैयाँ पनि वाणिज्य बैंकहरूमा निक्षेपका रूपमा थपिने भएको छ । स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत रकम अब वाणिज्य बैंकहरूले निक्षेपमा गणना गर्न पाउनेछन्, यद्यपि लगानीको वातावरण बनाउने मार्गप्रशस्त भएको छैन ।

उच्च ब्याजदर, लगानीका नयाँ आयामको अभाव, खस्किएको निजी क्षेत्रको मनोबललगायत कारण बजारमा कर्जा माग घटिरहेका बेला अर्थ मन्त्रालयको पछिल्लो निणर्यले वित्तीय प्रणालीमा रकम थप हुन लागेको हो ।

 

पुँजीगत खर्चको गति बढाउन नसकेको, निर्माण व्यवसायीको भुक्तानी बाँकी रहेको, आर्थिक गतिविधि सुस्ताएको, बजार माग घटेको, नीतिगत व्यवस्था कसिलो भएका कारण अहिले निजी क्षेत्र थप लगानी गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा सरकारले पुँजीगत खर्च बढाउँदै धेरैभन्दा धेरै वैदेशिक सहायता परिचालन गरेर निजी क्षेत्रको मनोबल बढाउनुपर्ने जानकारहरू बताउँछन् । तर, सरकारले अर्थतन्त्रको विद्यमान अवस्था सुधारमा खासै ध्यान दिएको छैन । वित्तीय प्रणालीमा भएको रकम लगानी हुन नसकिरहेका बेला सरकारले फेरि शून्य ब्याजदरको थप निक्षेप बैंकहरूलाई दिएको हो । अर्थमन्त्री प्रकाशशरण महतले गत बिहीबार स्थानीय तहको खातामा रहेको रकममध्ये ६० प्रतिशत वाणिज्य बैंकलाई निक्षेपमा गणना गर्न दिने निणर्य गरेका थिए । उक्त निणर्यको पत्र अर्थ मन्त्रालयले आइतबार मात्र नेपाल राष्ट्र बैंकमा पठाएको छ । निणर्य कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन जारी गर्नुपर्छ । पत्र प्राप्त भए पनि आइतबार राष्ट्र बैंकले निर्देशन जारी गरिसकेको छैन ।

अर्थ मन्त्रालयको पत्र प्राप्त भइसकेको र निणर्य कार्यान्वयनका लागि छिट्टै निर्देशन जारी हुने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए । ‘टिप्पणीको काम सुरु भएको छ, प्रक्रिया पूरा भएपछि निर्देशन जारी हुन्छ,’ उनले भने । राष्ट्र बैंकले निर्देशन जारी गरेकै दिनदेखि बैंकहरूले स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउनेछन् । आइतबारसम्म स्थानीय तहको सञ्चित कोषमा करिब १ खर्ब रुपैयाँ छ । यसका आधारमा उक्त निणर्य लागू भएपछि बैंकहरूमा करिब ६० अर्ब रुपैयाँ थपिने देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चुनावी हारबाट निराश नहुन कार्यकर्तालाई विद्या भण्डारीको आग्रह

काठमाडौँ,३ मंसिर । नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निरुत्साहित नहुन पार्टी कार्यकर्तालाई आग्रह गर्नु भएको छ । राष्ट्रिय भेलाको

सरकारबाट अपदस्त गरेदेखि नै एमालेमाथि प्रहार सुरु भएको हो : ओली

काठमाडौं,३ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताँउनु भएको छ।

एपेक सम्मेलनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

काठमाडौं ,३ मंसिर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको शेन्जेनमा आयोजित ३३औं एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) अर्थतन्त्रका नेताहरूको बैठकमा सहभागी हुनु भएको छ । बिहीबार

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाटरे झापा ५ बासीको सन्देश कस्तो?

दमक, ३ मंसीर । यो झापा ५ हो । यहीबाट झापा ५ बासीले बालेन्द्र शाहलाई अत्याधीक मत दिए र देशभरको मत परिणामपछि शाह प्रधानमन्त्री समेत

दोस्रो झापा महिला गोल्डकपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा झापा ११ र पोखरा खेल्ने

बिर्तामोड, मंसिर ३ । एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही मंसिर ५ गतेदेखि

अस्ट्रेलियामा आप्रवासीको स्थायी अभिभावक भिसा बन्द गर्ने वान नेसनको प्रस्ताव

क्यान्बेरा ,३ मंसिर। अस्ट्रेलियाको आप्रवासन नीतिलाई थप कडा बनाउने प्रस्तावसहित दक्षिणपन्थी राजनीतिक दल वान नेसनले आप्रवासीका अभिभावकलाई दिइँदै आएको स्थायी भिसा कार्यक्रम बन्द गर्ने घोषणा

साढे ३ लाख नेपालीलाई ४ कर्मचारीको भर, जापान दूतावासको बेरुजु २ करोड

जापान,३ मंसिर । जापानस्थित नेपाली दूतावासमा वर्षौंदेखि कायम करिब दुई करोड रुपैयाँ बेरुजु, त्यसको कारण तथा फछ्र्योटको अवस्थासँगै बढ्दो नेपाली जनसंख्याको अनुपातमा कूटनीतिक जनशक्ति पर्याप्त