दमक/
बैदेशिक अध्ययनमा फरक पहिचान बनाइरहेको ग्रेस इन्टरनेसनल एजुकेशन एण्ड माईग्रेसन सर्भिसले विद्यार्थीलाई निशुल्क परामर्ष तथा अभिभावकलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पूर्वको विर्तामोडमा आईतबारबाट सुरु गरिएको यो कार्यक्रमलाई ग्रेसले एजुकेशन फेयरको नाम दिएको छ ।
यसको दोस्रो दिन सोमबार दमक शाखामा मात्रै २ सय बढि विद्यार्थीहरुलाई परामर्ष गरिएको ग्रेसका दमक शाखा प्रमुख दिनेशजंग खड्काले जानकारी दिनु भयो ।
खासगरि यो पटकको एजुकेशन फेयरमा अभिभावक अभिमुखीकरणमा समेत ध्यान दिइएकोले कतिपय विद्यार्थीले अभिभावक पनि लिएर आएका थीए ।
विद्यार्थीलाई विदेशमा पढ्ने कलेज तथा यूनिभर्सिटीको बारेमा जानकारी दिइयो भने अभिभावकलाई आफ्नो तर्फबाट गुर्नपर्ने डकुमेण्ट र कहाँ कहाँ केकेमा कति कति खर्च लाग्छ भन्नेबारेमा यथार्त जानकारी गराउने काम गरिएको ग्रीसका को फाउन्डर एन्ड्रु पौडेलले बताउनु भयो ।
यो फेयरमा विद्यार्थीहरुलाई विभिन्न देशमा रहेका २५ वटा कलेज तथा यूनिभर्सिटिका बारेमा जानकारी गराइनुका साथै कति प्रतिशत ल्याउँदा कुन कलेजमा कति प्रतिशत सम्म छात्रबृत्ति पाइन्छ सम्मको जानकारी दिइएको पौडेलले प्रष्टाउनु भयो ।
यो कार्यक्रम मंगलबार बिराटनगरमा हुने छ भने अन्य विभिन्न शहर हुदै असोज ३ गते काठमाडौमो पुगेर टुङ्गीने जनाइएको छ ।










