दमक /
दमकमा रहेको ग्लोबल एजुकेशन एकाडेमीले विभिन्न क्षेत्रका चार जनालाई सम्मान गरेको छ ।
आज ५९ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर एकाडेमीले साँस्कृतिक कार्यक्रमसहित दमकमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका चार जनालाई सम्मान गरेको हो ।
कोशी प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यमा बिद्यालय प्रागंणमा आयोजित कार्यक्रममा प्याव्सन झापाका संस्थापक एवं पुराना शैक्षिक व्यक्तित्व मनोज राई, कलाकारिता क्षेत्र मार्फत योगदान दिएका हेमन्त बुढाथोकी, सामाजिक तथा प्रेरक व्यक्तित्व भेषराज न्यौपाने र साहित्यीक व्यक्तित्व तोया चापागाइँलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
उहाहरुले आ आफ्नो क्षेत्रबाट समाज रुपान्तरणमा खेल्नु भएको भुमिकालाई स्मरण गर्दै सम्मान गरिएको एकेडेमीका पृन्सिपल गुणराज अधिकारीले जानकारी दिनु भयो ।










