झापामा ८औँ एस.क्यू.सि. हब सम्मेलन , विद्यार्थीको सर्वाङ्गण विकासमा मद्यत (भिडियोमा हेरौ)

दमक/
२१ औ सताब्दीका विद्यार्थीहरु अव हरेक क्षेत्रमा अव्वल हुनुपर्छ र मात्रै असल तथा दक्ष नागरिक बन्न सकिन्छ भन्ने सोच र परिकल्पनाका साथ झापामा ८औँ एस.क्यू.सि. हब सम्मेलन भएको छ। कोएस्ट नेपालको आयोजना र झापा हवको सहकार्यमा तथा स्मारिका स्कूलको आतिथ्यतामा सम्मलेन भएको हो ।

शनिबार सम्पन्न भएको सम्मेलनमा झापा र मोरङका गरि १५ बिद्यालयका ३०० सय भन्दा बढि बिद्यार्थीहरु तथा ५० शिक्षकरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएकी कोएस्ट नेपालकी अध्यक्ष सुरिना गुरुङले अवका बालबालिकाहरुको क्षमताका चौतर्फि विकास गरिनुपर्ने उल्लेख गर्दै त्यसकालागि एस.क्यू.सि.हव सहयोगी बन्न सक्ने उल्लेख गर्नु भयो ।

झापा हवका संयोजक गुणराज गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा झापा हबका कोषाध्यक्ष ओम बिक्रम नेम्बाङले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि कमल गाउँपालिकाको उपाध्यक्ष श्री प्रमीला नेउपाने तिवारी , एनप्याब्सन केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठले लगायतले कार्यक्रमको महत्वका बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष न्यौपानेले ‘ यो खालको कार्यक्रम सामुदायकी विद्यालयमा समेत लगेर विद्यार्थीको सर्वाङ्गीण सिकाईलाई थप प्रभावकारी बनाउने कार्यक्रम बनाउन मद्यत पुगेको उल्लेख गर्नु भयो ।

सम्मेलनमा बिभिन्न प्रतियोगितात्मक, अप्रतियोगितात्मक र कार्यशालाहरु सम्पन्न भए भने कोलाब्रेटिभ कोलाज, हाजिरी जवाफ, ट्रेजर हन्ट, कथा लेखन लगायतका प्रतियोगिता पनि भएका थीए ।

त्यस्तै मेडिटेसन, पब्लिक स्पिकिङ्ग र बिज्ञान प्रदर्सनी लगायत लक्ष निर्धारण तथा व्यक्तित्व बिकास लगायतका कार्यशालाहरु पनि दिनभर सञ्चालन भएका थिए ।

त्यस्तै कार्यक्रममा बिद्यार्थीहरुले केस स्टडि प्रिजेन्टेसन, प्यानल डिस्कसन लगायतका कार्यक्रममा सहभागिता जनाएका थिए ।
भिडियोमा हेरौ

SQC Hub Jhapa||Smarika Samudayik School – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।