झापामा ८औँ एस.क्यू.सि. हब सम्मेलन , विद्यार्थीको सर्वाङ्गण विकासमा मद्यत (भिडियोमा हेरौ)

दमक/
२१ औ सताब्दीका विद्यार्थीहरु अव हरेक क्षेत्रमा अव्वल हुनुपर्छ र मात्रै असल तथा दक्ष नागरिक बन्न सकिन्छ भन्ने सोच र परिकल्पनाका साथ झापामा ८औँ एस.क्यू.सि. हब सम्मेलन भएको छ। कोएस्ट नेपालको आयोजना र झापा हवको सहकार्यमा तथा स्मारिका स्कूलको आतिथ्यतामा सम्मलेन भएको हो ।

शनिबार सम्पन्न भएको सम्मेलनमा झापा र मोरङका गरि १५ बिद्यालयका ३०० सय भन्दा बढि बिद्यार्थीहरु तथा ५० शिक्षकरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रमको प्रमुख अथिति समेत रहनु भएकी कोएस्ट नेपालकी अध्यक्ष सुरिना गुरुङले अवका बालबालिकाहरुको क्षमताका चौतर्फि विकास गरिनुपर्ने उल्लेख गर्दै त्यसकालागि एस.क्यू.सि.हव सहयोगी बन्न सक्ने उल्लेख गर्नु भयो ।

झापा हवका संयोजक गुणराज गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा झापा हबका कोषाध्यक्ष ओम बिक्रम नेम्बाङले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा बिशिष्ट अतिथि कमल गाउँपालिकाको उपाध्यक्ष श्री प्रमीला नेउपाने तिवारी , एनप्याब्सन केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठले लगायतले कार्यक्रमको महत्वका बारेमा बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष न्यौपानेले ‘ यो खालको कार्यक्रम सामुदायकी विद्यालयमा समेत लगेर विद्यार्थीको सर्वाङ्गीण सिकाईलाई थप प्रभावकारी बनाउने कार्यक्रम बनाउन मद्यत पुगेको उल्लेख गर्नु भयो ।

सम्मेलनमा बिभिन्न प्रतियोगितात्मक, अप्रतियोगितात्मक र कार्यशालाहरु सम्पन्न भए भने कोलाब्रेटिभ कोलाज, हाजिरी जवाफ, ट्रेजर हन्ट, कथा लेखन लगायतका प्रतियोगिता पनि भएका थीए ।

त्यस्तै मेडिटेसन, पब्लिक स्पिकिङ्ग र बिज्ञान प्रदर्सनी लगायत लक्ष निर्धारण तथा व्यक्तित्व बिकास लगायतका कार्यशालाहरु पनि दिनभर सञ्चालन भएका थिए ।

त्यस्तै कार्यक्रममा बिद्यार्थीहरुले केस स्टडि प्रिजेन्टेसन, प्यानल डिस्कसन लगायतका कार्यक्रममा सहभागिता जनाएका थिए ।
भिडियोमा हेरौ

SQC Hub Jhapa||Smarika Samudayik School – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु