दमकको ग्लोबलले गर्यो विद्यार्थीलाई स्वागत र सम्मान

दमक/

दमक ६ स्थित फर्निचर लाईनमा रहेको ग्लोवल एजुकेशन अग्रेजी बोर्डिङ स्कुलले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

 

साथै कक्षा ११ उत्तिर्ण गरि १२ कक्षामा प्रवेश गरेका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार सहित सम्मान पनि गरेको छ ।

यो शैक्षिक सत्रमा विभिन्न संकायमा गरि कक्षा ११ मा मात्रै ७ सय जना विद्यार्थीले यहाँ भर्ना लिएका थीए ।

बिज्ञान, व्यवस्थापन, होटल म्यानेजमेण्ट, कानुन, विषयहरुमा कक्षा १२ सम्म पढाई हुने यो विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

 

शिक्षालाई सिपसँग समेत जोड्दै व्यवहारीक र बाहिरी ज्ञान दिने गरेका कारण यहाँ विद्यार्थीको आकर्षण बढेको हो ।

 

त्यसैले यो वर्ष कोशी प्रदेशकै नमुना विद्यालय पनि बन्न सफल भयो । राष्ट्रिय परिक्षा बोर्डका कोशी प्रदेश प्रमुख यूवराज पौडेल कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रममा प्रमुख अतिथीको रुपमा आउनु भएको थियो । सो अवसरमा उहाँले ग्लोवलले पाएको सम्मानलाई थाती राख्न आवश्यक पर्ने सबै खाले चुनौतीको सामना गर्न सुझाव दिनु भएको छ ।

 

बदलीदो समय र परिस्थिती अनुसार अवको शिक्षालाई परिमार्जन गर्दै लैजान आवश्यक रहेको प्यावसन झापाका अध्यक्ष गौरीमान फागोले उल्लेख गर्नु भयो । शिक्षीत मात्रै भन्दा पनि व्वहारिक, सामाजीक र सहयोगी भावना पनि अवको शिक्षाले सिकाउनु पर्ने भएकोले यी कुरामा ध्यान दिन उहाँको सुझाव रहेको थियो ।

 

विद्यार्थीको भविष्य उज्वल बनाउन विद्यालयले निर्वाह गर्नु पर्ने हरेक प्रकारका भूमिका पुरा गर्ने र विद्यार्थीलाई कर्तव्य निष्ठा बनाउन सँधै प्रतिवद्ध रहेको विद्यालयका प्रन्सिपल गुणराज अधिकारीले उल्लेख गर्नुभयो ।

भिडियोमा हेरौ: 

Share:

Facebook
Twitter
Email
WhatsApp