दमक/
हिजो देखी अनिश्चतकालीन रुपमा विद्यालय बन्द गरेर सडक आन्दोलनमा उत्रीएका सामुदायीक विद्यालयका शिक्षकहरुको आन्दोलन प्रति नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले समर्थन जनाउनु भएको छ ।
आज आफ्नो गृह नगर झापाको दमकमा आयोजीत यूवा सघंले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलनरत शिक्षकहरुको मागहरु चाडो भन्दा चाडो सम्बोधन गराई शिक्षकहरुलाई विद्यालय पठाउन सरकारलाई अनुरोध गर्नु भएको छ ।
शिक्षक वर्गहरु सुझ बुझ भएरै काठमाडौमा आएर आन्दोलन गरेको हुनाले बौद्धिक वर्गले गरेको आन्दोलनमा सरकार मुकमदर्शक बन्न नहुने उहाँको सुझाव थियो । तत्काल पुरा गर्न सकिने मागलाई अहिलेनै र पछि सम्बोधन गर्दा हुने मागलाई पछि गर्ने सर्तमा आन्दोलनरुत गुरुहरुप्रति सम्मान पूर्वक माग सम्बोधन गर्न अनुरोध गर्दै उहाँले शिक्षकहरुले गरेको आन्दोलनको समर्थन गर्नु भएको हो ।
देशभरीका शिक्षकहरुले देशको शिक्षा क्षेत्र सुधार गरौ , आफ्नै देशमा पढ्न पाउने र काम गर्न सक्ने गरिको वातावरण बनाउन सरकार भन्दा ती मागहरुलाई सरकारले बेवास्था गर्न नहुने उहाँको तर्क थियो ।
भिडियोमा हेरौ
Teacher movement|| KP Oli || – YouTube