‘समृद्ध नेपाल सुखी नेपाली’ विषयक वकृत्वकलामा बिजेताहरुले केके बोले ?(भिडियो सहित)

दमक/
यूवा सघं दमक नगर कमिटिले आयोजना गरेको ‘‘समृद्ध नेपाल सुखी नेपाली’ विषयमा बकृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

दमकमा रहेका १७ वटा प्लस २ स्तरका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुबिच भएको प्रतियोगितामा झापा मोडल अग्रेजी माद्यमिक विद्यालयका प्रतिक खनाल प्रथम बन्नु भयो भने ग्लोबवल एजुकेशन एकेडेमीका प्रज्वल सिटौला द्धितिय तथा हिमालय माद्यमिक विद्यालयका सुलभ न्यौपाने तृतिय हुनु भएको छ ।

उहाँहरुले क्रमश नगद १५ हजार, ११ हजार र ७ हजार ५ सय रुपैँयाका साथै मेडल र प्रमाणपत्र पाउनु भयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओली प्रमुख अतिथी रहनु भएको थियो ।

यूवाहरुको चेतमा ‘समृद्ध नेपाल सुखी नेपाली’का बारेमा रहेको धारणा प्रस्फुटन गराउन यो प्रकारको प्रतियोगिता गरिएको यूवा सघं दमक नगर कमिटिका अध्यक्ष बिबेक भट्टराईले बताउनु भयो ।

कार्यक्रममा वक्ताहरुले बोलेपछि आफ्नो मन्तव्य राख्दै प्रमुख ओलीले यूवाहरुको मनबाटै ‘समृद्ध नेपाल सुखी नेपाली’ को भावना आउनु पर्ने र यसमा सबैले आ आफ्नो तर्फबाट कर्तव्य बोध गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।

आफु प्रधानमन्त्री हुदा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने कुरामा धेरै कार्यक्रमहरुको थालनी गरिएको तर वर्तमान सरकारले यसलाई पुरा गर्न अवरोध पुर्याएको उल्लेख गर्नु भयो ।

‘धेरै सोच र खोजले यो नारा तय गरिएकोले यो नारा मात्रै नभएर देश बनाउने भिजन रहेको ओलीले अर्थाउनु भएको थियो ।

बिजेता बनेक तीनजनाले बोलेको भिडियो उज्यालो खवरको आधिकारिक फेसबुक पेजमा राखीएकोले त्यहाँबाट हेर्न सकिने छ ।

(20+) Facebook

Share:

Facebook
Twitter
Email
WhatsApp