दमकको बजार अनुगमन , अरुबेला ‘चेतावनी’ यो पटक ‘एक्सन’ (भिडियोमा हेरौ)

 

दमक/

दमक नगरपालिकाकी कार्यवहाक प्रमुख रेगिना भट्टराई प्रसाईको संयोजकत्वमा निस्केको बजार अनुगमन टोली यो पटक भने एक्सनमा उत्रीएको छ ।

यस भन्दा अघीको अनुगमनमा ‘चेतावनी’ दिएर छोड्ने गरि यत्तीकै छोडने गरिन्थ्यो भने यो पटक चाहि ‘एक्सन’ सहितको अनुगमन भएको छ ।

कैफियत भेटिएका ठाउँमा कैफियत सामान बरामत गरेर त्यसको नष्ट गरियो ।

दमकका केहि खाद्य पसलहरुमा गरिएको अनुगमन हेर्दा लाग्थ्यो दमकका स्वादिला परिकार पाक्ने होटल, खाजा घर तथा रेष्टुरेष्टहरुमा अखाद्य सामाग्री मिसाएर बेचिन्थ्यो रहेछ ।

एउटा उदाहरण हो दमक बजारमा रहेको नाम चलेको माछा फ्राई अम्बिका माछा फ्राई ।

यहाँ मानीसको शरिरमा असर पार्ने केमिकल ‘फर्मालिन’ प्रयोग गरिएको भन्ने आंशकामा सबै माछा जफत गरियो ।

यत्ती मात्रै नभएर नेपाल माछामा आत्मनिर्भर भएकोले भारत सहित अन्य देशबाट ल्याउन पूर्ण प्रतिवन्ध छ । यहाँ ल्याइएका माछा भारतबाट ल्याइएको भन्ने कुरा यहाँका प्याक गरिएका कार्टुनका स्टिकरहरुले नै पुष्टि गर्छ ।

यो कुराको पुष्टि यतिले मात्रै नभएर यसका सञ्चालकहरुलेनै पनि गरे । माछाका बारेमा अनुगमन समिती संयोजक भट्टराईले सोधि खोजी गर्दा प्रोप्राईटर डुका कुमालले टेलिफोनमा संवाद गर्दै भन्नु भयो ‘हामीलाई नेपालकै खाडीको माछा दिनुस हामी त्यहि बेच्छौ ।’ उहाँको यो भनाईले पनि के पुष्टि गर्छ भने उहाँले नेपालबाट नभएर भारतबाटै माछा ल्याउनु भएको रहेछ ।

यसरी यहाँबाट झण्डै ३ सय किलो माछा जफत गरियो । र यसलाई नष्ट गर्ने काम गरियो ।

यहाँको घटना सार्वजनिक भएपछि अन्य माछा फ्राईहरु पसलहरुले यस्ता माछा लुकाएको अनुमान टोलीले अनुगमान गर्यो । किनकी यस्तै माछा बेच्ने अन्य पसलहरुमा अम्बिकाको जस्तो कहि पनि भेटिएन । यस्तै प्रकृतिका माछा अन्य पसलमा नभेटिएपछि अखाद्य सामाग्रीको मिसावट भएको चाहि भेटिएको थियो ।

दमक चोकमा रहेको सगुन होटल एण्ड माछा फ्राईमा काँचै माछामा लगाइएको लगाइएको रङ्ग मानव स्वास्थ्यमा हानी गर्ने भन्दै पकाउन ठीक्क पारिएको माछा जवत गरियो ।

अनुगमनमा रहनु भएकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले यसबारेमा होटलका सञ्चालकलाई रङ्गको प्रयोगले मानव स्वास्थ्यमा कस्तो हानी गर्छ भनेर सम्झाई बुझाई गरेपछि जफत गरिएको हो ।

यस अघी दमकको माछा मासु पसल बिक्रि गर्ने ठाउँको पनि यो टोलीले अनुगमन गरेको थियो । यहाँ असुरक्षीत तरिकाले मासु बेचेको भेटिएपछि सुरक्षित तरिकाले माछा मासुको बिक्रि गर्न निर्देशन दिइएको थियो ।

 

अव दमकको अर्को चर्चीत खाजा पसल पुर्वाञ्चल बेकरी तथा अइस्कृम पार्लरमा भएको अनुगमन हेरौ । यहाँ बसेर खाजा नखाने सायदै पूर्वाञ्चलबासीहरु हुनुहुन्न होला । सबै भन्दा पहिला इटहरीबाट सुरु भएको पूर्वाञ्चल अहिले पूर्वका विभिन्न शहरहरुमा फैलिएको छ । फास्ट फुडमा निकै नाम कमाएको यो खाजा खाने पसलको दमक चोकमा अनुगमन गर्दा दुईवटामा कैफियत देखियो । एउटा हो यसले प्रयोग गर्ने तेल र अर्को चाहि यहाँ प्रयोग गर्ने अमलीलो पदार्थ । यसले मानव स्थास्थ्यमा असर पर्ने भन्दै अनुगमन टोलीले ‘अन द स्पोर्ट डिस्पोज’ गर्न लगाएको थियो ।

 

अव दमकको मुख्य चोकको दक्षिण तर्फ रहेको सब्जी मण्डीमा केके भेटियो भन्नेबारेमा थाह पाउँ । यहाँ खास गरि माछा तथा मासुजन्य पसलहरुको अनुगमन भयो । यस पछि यही भित्र चलाइरहिएका केहि साना खाजा घरहरुमा पनि अनुगमन टोलीले चाँजबुझ गर्यो । यहाँ केके भेटियो अनुगमनका क्रममा निरन्तर खटिरहनु भएका इलाका प्रशाषन कार्यालय दमकका प्रमुख महेश्वर तिम्सिनाले दिएको जानकारी अनुसार यहाँ अखाद्य पदार्थ मिसाएर कयौ खाजाहरु बेच्ने गरेको पाइएको छ । यसलाई अहिले चेतावनी स्वरुप पकाउन ठिक्क पारिएका सामान जफत गरिएको र फेरि पनि अनुगमनमा आउँदा कैफियत भेटिएमा जरिवाना सहित सबै सामान जफत गर्ने बारेमा पसलधनीलाई ‘वर्नीङ’ दिइएको तिम्सिनाले बताउनु भयो ।

सटर भित्रका पसल मात्रै नभएर सडकको किनारमा रहेका ठेलाहरुमा पनि कस्ता खाद्य सामाग्री बेचिन्छ भन्नेबारेमा अनुगमन टोलीले नियाल्यो । यहाँ पनि अखाद्य सामाग्री मनग्गे भेटिए । ठेलामा चटपटेमा मिसाएर बेच्ने अमिलो पदार्थ देखी लिएर रङ्ग सम्म अखाद्य भेटियो । यती मात्रै नभएर आइस्कृम बेच्ने ठेलावालाहरुले प्रयोग गर्ने आइसगोलाको गुणस्तरियातामा समेत प्रश्न गर्दै जफत गरिएको थियो ।

यस पछि अन्य केहि होटलहरुमा पाकाइरहिएको सामाग्रीको स्वच्चछाका बारेमा हेरियो । यहाँ पनि विभिन्न अखाद्य सामाग्रीको मिसावट रहेको पाइएपछि जफत गरिएको थियो ।

यसपछी अनुगमनका क्रममा भेटिएका र जफत गरिएका सबै सामाग्रीहरु दमक २ मा रहेको नेक्स्ट इरा इनर्जीको फोहोर मैला व्यवस्थापन गर्ने स्थालनमा लेगेर नष्ट गरिएको छ । यहा रहेका अत्याधुनिक मेसीनले ती सामाग्रीलाई पेलेर नष्ट गरेको हो ।

भिडियोमा हेरौ

Damak Bazar अनुगमन । कहाँ कहाँ केके भेटियो , भेटिएका सामाग्री के गरियो ? Full Video – YouTube

Share: