प्लाईउडको बिकल्प ‘पार्टिकल बोर्ड’ भन्दै दमकका यी यूवाले थाले ७० लाख लगानीमा नयाँ व्यापार

mechi furnitur damak

दमक/
काठ तथा काठजन्य सामाग्रीको प्रयोगकर्ताहरुकालागि अर्को नयाँ उत्पादन दमकमा आएको छ । त्यो हो ‘पार्टिकल बोर्ड’ । यसलाई प्लाईउडको विकल्प भन्दै दमकका एक यूवाले ७० लाख रुपैँयाको लगानीमा व्यवसाय सुरु गरेका छन् ।

दमक ५ स्थित बेलडाँगी रोडमा मेचि फर्निचर नामबाट २२ वर्षे एक यूवाले व्यवसाय थालेका हुन ।
नाम पुजन सिवाकोटी । उमेर २२ वर्ष । २२ लाख व्यवसायको सिङ्गो जिम्मेवारी । साथ घर परिवारको । उनले आइटि क्षेत्रमा अध्ययन गरेको भएपनि फर्निचरको क्षेत्रमा थप सम्भावना देखेर यो व्यवसाय तर्फ आकर्षित भएको उल्लेख गरे ।

उनले मंगलबारबाट सुरु गरेको मेचि फर्निचरलाई एक औपचारिक उद्धघाटन गराउँदै व्यवसायीक यात्राको प्रारम्भ गरेका छन् ।
दमक नगरपालिकाकी कार्यबहाक नगर प्रमुख रेगिना भट्टराई प्रसाईले उनको फर्निचर पसलको उद्धघाटन गर्नु भयो ।

उद्धघाटन पछि बोल्दै सिवाकोटिले भने ‘प्लाईउडको बिकल्प अव पार्टिकल बोर्ड हो । यसबाट बनेका सबै सामान १५ वर्ष सम्मको ग्यारेण्टि हुन्छ । पूर्वमै हामी यसको आधिकारिक बिक्रेता हौ । ’

 

व्यवसायमा सम्भावनाको पहिचान गरेर सुरु गरिएका व्यवसाय मात्रै सफल भएकोले यो व्यवसायको सफलताको सुभकामना व्यक्त गर्दै दमक उद्योग वाणिज्य सघंका कार्यवहाक अध्यक्ष राजु खड्का भन्नु हुन्छ ‘अवसरहरुको खाजी गरि आफ्नै ठाउँमा उद्यम बन्ने यूवा पुस्तालाई सबै तहले उत्प्रेरणा दिनु पर्छ ।’

 

नगरकी कार्यवहाक प्रमुख भट्टराईले यूवाहरु परदेशमात्रै जाने सोचिरहेकोमा यत्तीको लगानी गरि आत्मविस्वासका साथ थालेको व्यवसायले सफलता मिलोस भन्दै सुभकामना दिनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको