दमक/
२०५० साल देखी दमक बजारमा सञ्चालनमा रहेको अम्बिका माछा फ्राई माछाका सबै खाले स्वाद चखाउन खोलीएको थियो ।
अझ नेपालमा पाईने माछाको स्वादलाई नयाँ ब्राण्डीङ गर्न यो माछा फ्राईले आफुलाई अग्रसर बनाएको थियो ।
समयको माग र उपभोक्ताको स्वाद अनुसार माछाका परिकारमा नयाँ नयाँ आईटम थपीन थाल्यो । यही क्रममा यहाँ माछाका पारखीहरुको भीड लाग्न थाल्यो । नेपाली माछाले मात्रै यहाँको माग पुरा गर्न सकेन ।
अनी यहाँ भारतबाट पनि माछा आउन थाले । भारतका समुन्द्रमा पाइने माछा भन्सारबाट क्वारिण्टाईन पास गरि नेपाल ल्याउने ब्यापारीले उहाँलाई माछा उपलब्ध गराउन थाले ।
नेपाल र भारत दुवै ठाउँका माछा यहाँ पाउन थाल्यो । खानेले यो माछा कहाँको हो भन्ने कुरा ठम्याउन पनि सकेनन् । सबै माछा यहाँको पकाउने तरिकाले गर्दा स्वादिलो भएको भन्दै प्रतिकृया दिने गर्दथे ।
तर जव काँकरभिट्टा नाकाबाट भारतीय माछा नेपाल ल्याउन प्रतिबन्ध गरियो । तव भने यहाँ त्यस तर्फका माछा आउन छाडे ।
सरकारले लगाएको प्रतिबन्धकोलाई उहाँले पनि स्विकार गर्नु भयो र नेपाली माछा मात्रै बेची रहनु भएको थियो ।
यसरी भारतबाट माछा आउन छोडेपछि दमकका ब्यापारीले मात्रै उहाँको माग धान्न नसक्ने भए र अन्यत्रका ब्यापारीसँग बाट पनि उहाँले माछा ल्याउन थाल्नु भयो ।
उहाँका अनुसार तीन महिना अघी देखी बिरटनगरको एक माछा ब्यापारीबाट माछा ल्याउने गर्नु भएको थियो । सँधै नेपाली बिलनै पठाउने भएको हुँदा आफु त्यसैमा बिस्वास गरिरहेको प्रतिकृया उहाँले दिनु भएको छ ।
तर केहि दिन अघी दमक नगरपालिकाबाट आएको बजार अनुगमनको टोलीले त्यहाँबाट आएको माछा त भारतको रहेको भन्ने कुराको पुष्टि नै गरेपछि आफुले त्यस माछा ब्यापारीसँग कारोबार बन्द गराएको उहाँले प्रतिकृया दिनु भएको छ ।
उहाँ भन्नु हुन्छ ‘आफुले कुनै नियत राखेर भारतकै माछा पकाउने उद्धेस्य राखेको हुँदै हैन । अव म नजिककै माछा ब्यापारीबाट परिक्षण गराएर मात्रै लिन थालेको छु । ’
अम्बिा माछा फ्राईमा माछा खाने पारखीहरु बढेपछि यसको शाखा बिर्तामोडमा पनि खुलेको छ । यहाँ पनि नेपाली र अझ आफ्नै गाउँ ठाउँमा पाईने माछा मात्रै बेचिरहिएको गरिएको कुमालले बताउनु भयो ।
भिडियोमा हेरौ :