चाडपर्वमा बजार सुरक्षा चुनौती, व्यपापारी प्रशाषन र जनप्रतिनिधीको सुरक्षा प्रतिवद्धता(भिडियोमा हेरौ)

IMG_20231002_082318

 

दमक/

अहिले नेपालीहरुको महान पर्व बिजयादशमी नजिकीरहेको छ । दशैको माहोलले बजारलाई छोपीरहेको छ । यो बेलामा ब्यापार गर्नेहरुले धेरै सामान बेच्ने लक्ष्य राखेका हुन्छन् । घरबाहिर बसेकाहरु घरमा फर्केने पनि हुन्छन् । मानीहरुको भिडभाड अन्य बेलाको भन्दा बढि हुन सक्छ । साथीभाईको जमघटन पनि बाक्लै हुने बेला यहीनै हो । यस्तो बेलामा विभिन्न होटलमा बस्ने , खाने तथा साथीभाईहरुको गेट टुगेदर पार्टिहरु पनि हुने गर्न सक्छ । त्यसैले होटलहरुले पनि यो बेला ब्यापार बढाउने उद्धेस्य राखेका नै हुन्छन् । तर होटल कति बजे सम्म खोल्ने भन्ने कुरा चाहि प्रशाषसनले प्रष्ट नपारिदिएका कारण व्यापारीमा अन्यौलता रहेको होटल व्यवसायी सघंका केन्द्रिय सदस्य भुपेन्द्र न्यौपाने बताउनु हुन्छ ।

(3) चाडपर्वमा कस्ता कस्ता चुनौती ? समाधान गर्ने जिम्मेवार निकायको प्रद्धिवद्धतापत्र हेरौ – YouTube

पर्वका बेलामा फलफूलहरुपनि अत्याधिक प्रयोग हुने गर्छन । पहुना जाँदा रीत्तै हात नगाइ कोशेलीको रुपमा अधिकतम फलफूल लौजाने चलन छ । फलफूल मध्ये पनि केरा प्राय सबैको रोजाईमा पर्ने फल हो । तर यसकै व्यापारी भन्छन् केरामा ९९ प्रतिशत भन्दा बढि पनि बिषादी मिसिएको हुन्छ । दमकका फलफूल व्यवसायी रबिन्द्र दाहालले केरामा परिक्षण गर्नै नसकीएका कारण बाध्य भएर ब्यापारीले विषादी सहितको केरा बेच्नु परिरहेको सुनाउनु भयो ।

(3) चाडपर्वमा कस्ता कस्ता चुनौती ? समाधान गर्ने जिम्मेवार निकायको प्रद्धिवद्धतापत्र हेरौ – YouTube

दमकमा सिटि सफारीको व्यवस्थापन र सुरक्षालाई पनि ध्यान दिन आग्रह गरिएको थियो । दमक उद्योग वाणिज्य सघंकी महिला उपाध्यक्ष सुष्मा निरौलाले रातको समयमा हिड्ने सिटि सफारीलाई फरक अनुमति दिइनु पर्ने र यसले यात्रुमा थप सुरक्षा प्रदान गर्ने तर्फ सचेत गराउनु भएको थियो ।

 

दमक उद्योग वाणिज्य सघंका द्धितिय उपाध्यक्ष ज्ञाननाथ पौडेलले चार्डपर्वका बेला बजारमा मागी खानेहरु झन बढ्न सक्ने तर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भयो । पीडा र समस्यामा परेर न्याय खोज्दै माग्नु पर्ने बाध्यतामा रहेकाहरु भन्दा पनि बिरामीको फोटो देखाएर मागी खाने तथा ठगी गर्नेहरुको गिरोहाले दमकका ब्यापारी हैरान भएको उहाँले सुनाउनु भयो । यसको व्यवस्थापन गर्न उहाँले प्रशाषन तथा पालिका सरकारलाई अनुरोध पनि गर्नु भएको छ ।

(3) चाडपर्वमा कस्ता कस्ता चुनौती ? समाधान गर्ने जिम्मेवार निकायको प्रद्धिवद्धतापत्र हेरौ – YouTube

सघंका प्रथम उपाध्यक्ष राजकुमार योङहा दमकको छिमेकी पालिका चुलाचुलीको पेल्टिमारी तर्फका केहि यूवाहरुद्धारा दमकका ब्यापारीहरुमा असर परिरहेकोले त्यसको निगरानीमा प्रशाषनको ध्यानाकर्षण गराउनु भएको छ । गाउँका छाप्राहरुमा बसेर धेरैबेर सम्म खाने अनी बजारमा आएर हो हल्ला तथा झगडा सम्म पनि गर्ने समुह पेल्टिमारीतिरबाट आउने भन्दै प्रशषनले त्यसबारेमा ध्यान दिनु पर्ने माग राख्नु भएको थियो ।

 

यता सघंका लेखा समिती संयोजक नेत्र चौँलागाईले सरकारले बनाएका कानुनको सहि र निष्पक्ष तरिकाले कार्यान्वायन मात्रै गर्ने हो भने समाजमा हुने अपराधीक कृयाकलपा आफै निष्तेज हुने तर्र्फ इङगीत गर्नु भयो ।

(3) चाडपर्वमा कस्ता कस्ता चुनौती ? समाधान गर्ने जिम्मेवार निकायको प्रद्धिवद्धतापत्र हेरौ – YouTube

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डि एस पी मनोज कुमार लामाले सुरक्षा भनेको आफुले महसुस गर्ने कुरा रहेको बताउँदै सबै भन्दा पहिला स्वमं व्यक्ति सचेत हुनुपर्नेमा जोड दिनुभयो । यदी कहिपनि आफुले अधिकतम सुरक्षाका उपाय पालना गर्दा गर्दैै पनि असुरक्षित भएको महसुस भएमा तुरुन्तै आफुलाई सम्पर्क गर्न अनुरोध गर्दै डि एस पि लामा भन्नु हुन्छ हामी घटनास्थलमा तुरुन्तै प्रहरी पठाउँछौ ।

(3) चाडपर्वमा कस्ता कस्ता चुनौती ? समाधान गर्ने जिम्मेवार निकायको प्रद्धिवद्धतापत्र हेरौ – YouTube
चार्डपर्वको बजारमा खासगरि मिसावटजन्य खाद्य सामाग्री बढि पाइने सम्भावना हुन्छ । मुल्य पनि अनियन्त्रीत झै हुन सक्ने तर्फ इलाका प्रशाषन कार्यालय दमक सजग रहेको छ । कार्यालयका प्रमुख महेश्वर तिम्सिनाले यी कुराहरुलाई नियन्त्रण लिन शशक्त बजार अनुगमन हुने र स्पोर्ट कार्वाहि गर्ने काममा सकृयता जनाउन पालिका सरकारको ध्यानाकर्षण गराउनु भयो ।

 

दमक नगरपालिकाकी उप प्रमुख तथा अनुगमन समिती संयोजक रेगिना भट्टराई प्रसाईले आउँदै गरेका पर्वहरुको समयमा दमकलाई हरेक क्षेत्रबाट सुरक्षित नगर बनाउने कुरामा आफु प्रतिवद्ध रहेको सुनाउनु भयो । कतिपयले दमकमा ‘नाईट मार्केट’को आवश्यकतालाई समेत चर्चामा ल्याएकाले दमकले अहिलेनै त्यो चलाउन सक्ने गरिको क्षमता नबनाएको तर्फ सचेत गराउनु भएको थियो ।

 

दमक उद्योग वाणिज्य सघंले पर्व लक्षित सुरक्षा योजनाका बारेमा सोमबार सरोकारवालासँग छलफलको आयोजना गरेको थियो । यसमा सबै पक्षले हरेक क्षेत्रमा हुने चुनौतीका बारेमा सवाल उठाएका थीए ।

भीडियोमा हेरौ

(3) चाडपर्वमा कस्ता कस्ता चुनौती ? समाधान गर्ने जिम्मेवार निकायको प्रद्धिवद्धतापत्र हेरौ – YouTube

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित