‘रोड क्र्यास’का कारण दैनिक साढे पाँच सय बालबालिकाको मृत्यू,रोक्ने उपाय के ? (भिडियोमा हेरौ)

दमक/

विद्यालय जाने बालबालिकाहरुको यात्रा कत्तिको सुरक्षित होला ? उनीहरुले प्रयोग गर्ने सडकको अवस्था र तीनका कारण हुने दुर्घटनाले कति विद्यार्थीको मृत्यू भइरहेको छ ? यो कोणबाट सायदै बहस कम मात्रै भएको होला । तर रोड क्र्यासमा परि दैनिक पाँचसय भन्दा बढि विद्यार्थीको मृत्यू हुने गरेको तथ्य एक बिज्ञले खुलासा गर्नु भयो ।

विद्यालय जाने सडकहरुमा आवश्यक संकेत चिन्ह नराखीदा, बालमैत्री सडक निर्माण नगरिदा, बाटो काट्ने ठाउँमा जेब्रा क्रस नबनाउँदा, विद्यालय जाने सडकहरुमा जताततै खाल्डा खुल्डी हुँदा , विद्यालय क्षेत्र भन्ने थाह पाएपनि अनियन्त्रीत रुपमा अन्य सवारीका साधन चलाइदा विद्यार्थीहरुको रोड क्र्यासका कारण मृत्यू हुने गरेको छ । दिनमा ५ सय ५० भन्दा बाढि बालबालिकाको यी कारणले गर्दा मृत्यू भइरहेको छ । तर यो तथ्यांक विस्वको भएपनि नेपालमा यसलाई पनि अव बालबालीकाको मृत्यू मध्ये रोड क्र्यासका कारण कति भन्ने तरिकाले अध्यन गर्न आवश्यक रहेको रोड सम्बन्धीका जानकार तथा नेपाल अटो मोवाइल एसोसियनका महासचिव गोविन्द भट्टराईले उल्लेख गर्नु भयो ।

कोशी प्रदेशमै पहिलो पटक यस सम्बन्धीको सचेतना झापाको दमकबाट सुरु भएको छ । दमक ९ स्थित सरस्वती माद्यमिक विद्यालय इटाभट्टाले सुरक्षित विद्यालय निर्माण गर्ने अभियान अन्तर्गत यो कार्यक्रमको सुभारम्भ गर्यो । विद्यालयका प्रधानाध्यापक सिताराम ढकालले विद्यालयको क्षेत्रमा बढि सडक जाम हुने, सडक पनि असुरक्षीत रहेका कारण यसको निराकरणकालागि यो विज्ञ सहितको उपस्थितीमा यो कार्यक्रम आयोजना गरेको हो ।

विद्यालयमा पढ्न आउने विद्यार्थी विद्यालय जादा र आउदा दुर्घटनामा नपरुन भन्न विद्यालय सचेत बनेको यसका व्यवस्थापन समितीका अध्यक्ष रेवत राज पुरी गगनको भनाई छ । उहाँले विद्यालय आउने र घर जाने सम्मको सडकलाई कसरी सुरक्षित राख्न सकिन्छ ? यसमा सरोकारवालाको सुझाव सहित सहयोग लिएर अघी बढिएको उल्लेख गर्नु भयो ।

कोशी प्रदेशमै पहिलो पटक यो विद्यालयमा विद्यालय सुरक्षा सम्बन्धीको कार्यक्रम परेको छ । तर दमक नगरपालिकाले यो मात्रै नभएर यहाँ रहेका सबै विद्यालयहरुमा पढ्न जाने विद्यार्थीको सुरक्षाकालागि बिभिन्न कार्यक्रमहरु बनाएर कार्यान्वयन गराउने तयारी गरेको दमक नगर पालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाई बताउनु हुन्छ ।

दमकका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सडकबाट मात्रै सुरक्षीत राखेर पर्याप्त नहुने नगरका प्रमुख राम कुमार थापाले थप्नु भयो । उहाँ भन्नु हुन्छ नगरको १३ औ नगरसभाले स्विकृत गरेको विद्यालय आसपास तथा एक सय मिटर भित्रमा सुर्ती, चुरोट , तथा मदिराजन्य सामाग्री बेच्न प्रतिबन्द लगाइएको छ । यस निगरानी गर्न र विद्यार्थीलाई सुरक्षित बनाउन सबै पक्षलाई उहाँले अपील पनि गर्नु भएको छ ।

विद्यालयलाई अटो मोवाईल एसोसियनले करिव ५ लाख बराबरको सडक सुरक्षा सम्बन्धीका सामाग्री हस्तान्तरण गरेको छ भने दमक रहेको सडक बिभागले जेव्रा क्रसिङका साथै अन्य रोड मार्किङको काममा सहयोग गर्ने जनाइएको छ ।

दैनिक ३६ सय ९८ जनाको मृत्यू

भिडियोमा हेरौ

 

Share: