दमक/
दशै लगायतका महत्वपूणर् पर्व नजिकीयसँगै पालिका सरकारहरुले बजार अनुगमनलाई तिब्रता दिइरहेका छन् ।
खासगरि न्यूनतम पनि महिनामा एक पटक गर्नु पर्ने बजार अनुगमन चाडपर्व आउने बेलामा मात्रै भएको देखिन्छ ।
चाडपर्वमा बढि मात्रामा खाद्य सामाग्रीको किनबेच हुँनेहुदा उपभोक्ता नठगीउन भन्नकालागि यो बेला प्रभावकारी बजार अनुगमन गरिएको झापाको कमल गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समिती संयोजक प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
‘बजारमा कस्ताखाले खाद्य सामाग्री बेचिरहिएको छ भन्नेबारेमा अहिले हामी त्यसको निरिक्षण वा अवस्था बुझने क्रममा छौ । यसरी हिड्दा हामी कतिपय ठाउँमा उपभोग्य मिति नाघेका तथा उपभोक्ताको स्वस्थ्यमा असर पार्ने सामाग्री किन बेच भए नभएको पनि हेरिरहेका छौ ।’
तिवारीले उज्यालो खवरलाई जानकारी दिदै भन्नु भयो ‘यहि क्रममा हामीले बिहिबार केर्खा बजारमा गरेको अनुगमनमा अत्याधिक मात्रामा म्याद गुज्रीएका सामान बरामत गर्यौ । मानव स्वास्थ्यमा असर पार्ने चुक अमिलो बेचेको पाइयो । ती सबै हामीले बरामत गरि नष्ट गर्न गाउँपालिका लगेका छौ ।’