दमक/
११ वर्ष देखी दमकमा रेडिमेड कपडा व्यवसायमा स्थापीत भएको नाम हो आर के फेन्सि स्टोर ।
सुरुमा दमक ६ स्थित देवकोटा चोकमा रहेको एउटा सानो दोकानबाट सुरु भएको यो सोरुमले एक पछि अर्को सफलता हाँत पार्दै गएको छ ।
केहि वर्ष अघीमात्रै आफ्नो पसलसँगै टासिएको अर्को पसल पनि किनेको आर केले अर्को नया सोरुम पनि खोलेको छ ।
थानारोड बाट पूर्व तर्फ घिमिरे मार्केट पश्चिम रेवन स्टोरसगै टासिएको सटरमा फेरि अर्को सोरुम खुलेको छ ।
न्यू आर के फेन्सि स्टोरलाई आज कलाकार सुनिल थापाले उद्धघाटन गर्नु भएको हो ।
उद्धघाटन पछि आर के फेन्सिको बारेमा बोल्दै थापाले अहिलेको विषम परिस्थितीमा पनि गुणस्तरिय नयाँ ब्राण्डका कपडाको शोरुम खोल्नै आफैमा चुनौती रहेपनि यो समयको माग रहेकोले ग्राहकको रोजाईमा पर्ने कलाकार थापाले प्रतिकृया दिनु भएको छ ।
नयाँ सोरुम खोल्न झण्डै डेढ करोड लगानी भएको यसका सञ्चालक आर के थापाले जानकारी दिनु भयो । खासगरि रेडिमेड कपाडाको क्षेत्रमा एउटा ग्राहकको मन जीतीरहेको आर केले अव नयाँ ब्राण्डका बुट जुत्ताहरुपनि राख्न थालेको छ ।
गुणस्तरिय कपडा र जुत्ता किन्न दमक बाहिर जानुपर्ने समस्याको अन्त्य गर्ने गर्ने विस्वासका सञ्चालक आर केसँग छ ।
शनिबार उद्धघाटन भएको यो पसलमा उद्धघाटनको अवसरमा तीन दिन सम्म विषेश अफर पनि चलेको जनाइएको छ ।
(भिडियोमा हेरौ)