दमक /
देशभरका कर्मचारीहरु अहिले आन्दोलनम उत्रेका छन । उनिहरुले अत्यावश्यक बाहेक सबै काम ठप्प पारेर विभिन्न २० बुदाको माग अघि सारेका छन ।
संसद्मा पेस हुने तयारीमा रहेको सङ्घीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै स्थानीय तहका कर्मचारीहरूले सङ्घर्ष समिति बनाएरै आन्दोलन गर्दै आएका छन् ।
झापाको दमक नगरपालिकाका संघर्ष समितिका संयोजक मनोज रेग्मीले स्थानीय तहकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने, तीनै तहमा समान वृतिविकास , अन्तर प्रदेश सरुवा,विना सहमति चकृय सरुवा प्रणाली , समायोजनका कर्मचारीको उचित व्यवस्थापन , उमेर हद र सेवा अवधि गणना , अस्थायी र करार कर्मचारीको व्यवस्थापन , सेवा सुरक्षाको सुनिश्चितता हुनुपर्ने माग राखेर आन्दोलन गरिएको जानकारी दिनु भयो ।
भिडियोमा हेरौ