दमक/
झापाको दमकमा सेवा लिन पुगेका सेवाग्राहिहरु कार्यालयको प्राङ्गणबाटै फर्कने गरेका छन् । उनीहरु जुन शाखामा गएर जे काम गर्न गर्ने भनेर नगरपालिका आएका थीए यहाँ आएपछि उनीहरुले अवस्था फरक पाए ।
आफ्नो काम गरिदिने कर्मचारी नगरपाकिलाको प्राङ्गणमा म्याट बिच्छाएर पलेटी कसेर बसेको सेवाग्राहिले देखे । कर्मचारीहरुले पाखुरामा कालो कपडा पनि बाँधेको र उनीहरु बसेको पछाडी कालो बोर्डमा सेतो रङ्गले लेखेका मागहरु पनि राखीएको थियो ।
विभिन्न २० वटा बुदामा आफ्ना माग राख्दै दमक सहित देशभरीका पालिकामा काम गर्ने कर्मचारीहरु आन्दोलनमा छन् ।
काठमाडौमा प्रतिनिधीमुलक सहभागी भएर आन्दोलन भइरहेपनि सबै काठमाडौ नगइ पालिकामै बसेका कर्मचारीहरुले पनि आन्दोलन गरिरहेका छन् ।
उनीहरुले नगरमा सेवा लिन आउने कर्मचारीहरुको काम नगरिदिएर आन्दोलन गरेका हुन ।
सेवाग्राहिको काम रोक्ने आफुहरुको उद्धेस्य नभएपनि संघिय सरकारले विभेदकारी निजामती ऐन ल्याउन लागेपछि त्यसको विरोधमा काम रोक्नु परेको आन्दोलनमा सहभागी दमक संघर्ष समिती सह संयोजक जमुना पौडेलले बताउनु भयो ।
पालिकामा काम गर्ने कर्मचारीहरुको मनोवल घटाएर र विभिन्न पदमा प्रतिस्पर्धामा सहभागी गराउनबाटै रोक लगाउने गरिको ऐन आउन लागेकोले त्यसलाई सुधार गर्दै सबैलाई समेट्ने गरिको एकिकृत निजामती ऐन बनाएर मात्रै पारित गराउन माग राख्दै आन्दोलन गनु परेको उहाँले सुनाउनु भयो ।
सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने,स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग आन्दोलनमा सहभागी कर्मचारीहरुले राखेका छन् ।
दमक नगरपालिकाको शिक्षा शाखाका अधिकृत सोमनाथ गुरागाई भन्नु हुन्छ ‘एकीकृत निजामति सेवा ऐन जारी गर्नुपर्यो, अन्तरप्रदेश सरुवा लागू गराउनु पर्यो, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्यो, संघियता कार्यान्वायन गराउने प्रमुख अंग कर्मचारी प्रति राज्यले समान दृष्टिकोण र व्यहावर गर्नु पर्यो ।
गत असोज १३ गते देखी शान्त्तीपूणर् आन्दोलन गरिरहेका कर्मचारीहरु माथी सोमबार प्रहरीले दमन गरेपछि आन्दोलन थप शशक्त बनाउने बताइएको छ । पालिकाका सेवा यस भन्दा अघी दिनको १२ बजे सम्म मात्रै अवरोध गर्दै आएका कर्मचारीहरुले मंगलबार देखी भने बिहान १० बजे देखी साँझ ५ बजे सम्मनै काम नगर्ने भन्दै पालिकाको प्राङ्गणमा बसेका छन् । काठमाडौ नगएका अधिकांश कर्मचारीहरु आन्दोलनलाई थप उचाईमा पुर्याउन काठमाडौ जाने तयारी पनि गरिरहेका छन् ।
भिडियोमा हेरौ
(3) पालिका कर्मचारीको आन्दोलन, अव १०-५ नै सेवा अवरुद्ध (भिडियोमा हेरौ) – YouTube