दमकका जनप्रतिनिधीको घरदैदलोः जेष्ठ र अपाङ्गता भएकाहरुलाई निशुल्क स्वास्थ्य परिक्षण

दमक/

झापाको दमक नगरपालिकाले यहाँ बसोबास गर्ने जेष्ठ नागरिक तथा अपाङ्गताहरुलाई घर घरमै पुगेर स्वास्थ्य सेवा दिने काम सुरु गरेको छ ।

नगरको तेह्रौ नगरसभाबाट यस प्रकारको कार्यक्रम गर्ने सन्दर्भको प्रस्ताव पारीत गरेपछि यसको कार्यान्वायन सुरु गरिएको छ ।

दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले मौखिम कार्यविधि बनाएर नगरमा रहेका ९० वर्ष माथीका जेष्ठ नागरिक र क श्रेणीका अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गर्दै हिडिएको बताउनु भयो ।

अहिले यी वर्गको अवस्थाको पहिचान गर्दै स्वास्थ्य चेकजाँच गरिएको र बिचमा कुनै समस्या भयो र वडाको तर्फबाट केहि सहयोग आवश्यक परेमा गर्ने गरिको तयारी गरेर अभियान चलाइरहिएको वडाध्यक्ष गुरुङले उल्लेख गर्नु भयो ।

अभियानकै क्रममा भेटिनु भएका नगर प्रमुख राम कुमार थापाले यस प्रकारको अभियनबाट लक्षीत वर्गहरुले घरमै बसि बसि सेवा पाउनु भएको उल्लेख गर्नु भयो । मासिक रुपमा तालिका नै बनाएर वडागत रुपमा अभियान चलाइएकोले यसबाट लाभग्राहिहरुले लाभ लिन सक्ने उहाँको भनाई छ । जनसँग भेट्ने एउटा महत्वपूणर् अवसर पनि यो अभियन बनेको उहाँले बताउनु भयो ।

भदौ महिनाबाट सुरु गरिएको यो अभियानमा अहिले सम्म वडा नं १, २ र ३ का लक्षित वर्गहरुको पहिलो चरणको स्वास्थ्य परिक्षण गर्ने काम सकिएको छ । अहिले वडा नं ४ , ५ र ६ मा चलीरहेको छ । अर्थात असोज महिनामा यीस् तीन वटा वडा र कार्तिक महिनामा बाँकी ४ वटा वडामा नगरको यो टोली पुग्ने छ । एक जना विषेशज्ञ चिकित्सक सहितनै यो सुविधा लक्षित वर्गहरुले पाइरहेका छन् । दमक अस्पतालमा कार्यरत डा. परमानन्द पट्टेलका अनुसार अभियानमा हिड्दा कतिपय जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुले अव किन उपचार गर्नु र भन्दै माया मारेर बसेको पनि भेटिएको बताउनु भयो । आफुहरु घर घरमै गएर उपचार गर्दा उहाँहरुले फरक अनुभुती व्यक्त गर्दै अव बाँचीने भइयो भन्दै आत्मविस्वास बढेको समेत प्रतिकृया दिने गरेको सुनाउनु भयो ।

दमक अस्पताल र दमक नगरपालिकाको संयूक्त आयोजनामा सञ्चालन भएको यो अभियान हरेक तीन तीन महिनामा एक पटक हुने छ । अहिले पहिलो चरणमा जनप्रतिनीधी सहित अभियानमा हिडेपनि आगामी दिनमा विषेशज्ञको टोली मात्रै हिड्ने र आवश्यक परेका ठाउँमा जनप्रतिनिधी पनि जाने गरिको कार्यक्रम तय गरिएको छ ।

 

(भिडियोमा हेरौ)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर