दमक/
झापाको दमक नगरपालिकाले यहाँ बसोबास गर्ने जेष्ठ नागरिक तथा अपाङ्गताहरुलाई घर घरमै पुगेर स्वास्थ्य सेवा दिने काम सुरु गरेको छ ।
नगरको तेह्रौ नगरसभाबाट यस प्रकारको कार्यक्रम गर्ने सन्दर्भको प्रस्ताव पारीत गरेपछि यसको कार्यान्वायन सुरु गरिएको छ ।
दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङले मौखिम कार्यविधि बनाएर नगरमा रहेका ९० वर्ष माथीका जेष्ठ नागरिक र क श्रेणीका अपाङ्गता भएकाहरुको स्वास्थ्य परिक्षण गर्दै हिडिएको बताउनु भयो ।
अहिले यी वर्गको अवस्थाको पहिचान गर्दै स्वास्थ्य चेकजाँच गरिएको र बिचमा कुनै समस्या भयो र वडाको तर्फबाट केहि सहयोग आवश्यक परेमा गर्ने गरिको तयारी गरेर अभियान चलाइरहिएको वडाध्यक्ष गुरुङले उल्लेख गर्नु भयो ।
अभियानकै क्रममा भेटिनु भएका नगर प्रमुख राम कुमार थापाले यस प्रकारको अभियनबाट लक्षीत वर्गहरुले घरमै बसि बसि सेवा पाउनु भएको उल्लेख गर्नु भयो । मासिक रुपमा तालिका नै बनाएर वडागत रुपमा अभियान चलाइएकोले यसबाट लाभग्राहिहरुले लाभ लिन सक्ने उहाँको भनाई छ । जनसँग भेट्ने एउटा महत्वपूणर् अवसर पनि यो अभियन बनेको उहाँले बताउनु भयो ।
भदौ महिनाबाट सुरु गरिएको यो अभियानमा अहिले सम्म वडा नं १, २ र ३ का लक्षित वर्गहरुको पहिलो चरणको स्वास्थ्य परिक्षण गर्ने काम सकिएको छ । अहिले वडा नं ४ , ५ र ६ मा चलीरहेको छ । अर्थात असोज महिनामा यीस् तीन वटा वडा र कार्तिक महिनामा बाँकी ४ वटा वडामा नगरको यो टोली पुग्ने छ । एक जना विषेशज्ञ चिकित्सक सहितनै यो सुविधा लक्षित वर्गहरुले पाइरहेका छन् । दमक अस्पतालमा कार्यरत डा. परमानन्द पट्टेलका अनुसार अभियानमा हिड्दा कतिपय जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुले अव किन उपचार गर्नु र भन्दै माया मारेर बसेको पनि भेटिएको बताउनु भयो । आफुहरु घर घरमै गएर उपचार गर्दा उहाँहरुले फरक अनुभुती व्यक्त गर्दै अव बाँचीने भइयो भन्दै आत्मविस्वास बढेको समेत प्रतिकृया दिने गरेको सुनाउनु भयो ।
दमक अस्पताल र दमक नगरपालिकाको संयूक्त आयोजनामा सञ्चालन भएको यो अभियान हरेक तीन तीन महिनामा एक पटक हुने छ । अहिले पहिलो चरणमा जनप्रतिनीधी सहित अभियानमा हिडेपनि आगामी दिनमा विषेशज्ञको टोली मात्रै हिड्ने र आवश्यक परेका ठाउँमा जनप्रतिनिधी पनि जाने गरिको कार्यक्रम तय गरिएको छ ।
(भिडियोमा हेरौ)