कोशीमा बन्यो सरकार : मुख्यमन्त्री कार्कीले कांग्रेसलाई सरकारमा ल्याउलान?

बिराटनगर /

कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले मध्यावधि रोक्नको लागि एमालेसँग मिलेर सरकार गठन गरेको बताएका छन् । उनले भोलि शपथसँगै सानो मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।

 

उनले भने, ‘४७ सांसदहरुको सामूहिक एकताले हामीले मध्यावधि रोक्न सफल भयौं । संविधानको धारा १६८ (५) को अनुसार मलाई मुख्यमन्त्री नियुक्ति गर्नुभयो । यहाँ पार्टीले पनि सबैभन्दा पुरानो, संविधान मान्ने पार्टीले संविधानसम्मत गरेको कुरालाई सकारात्मक रुपमा लिन्छ भन्ने बुझेको छ ।’

 

सरकार गठनमा अब एमालेसँग मिलेर बन्छ कि गठबन्धनसँग भन्ने प्रश्नमा उनले भने, ‘त्यो पछिको कुरा हो । अहिले त्यो निर्णय भएको छैन। काम गर्दैजाँदा हुन्छन् ।’

 

उनले भोलि शपथसँग मन्त्रिपरिषद् गठन हुने बताए ।

Share:

Facebook
Twitter
Email
WhatsApp