निजीमा छोराछोरी पढाउने अभिभावकसँग शिक्षा कर लिनुपर्ने व्यवस्था गर्न सुझाव

काठमाडौ/
शिक्षाविद्हरूले निजी विद्यालयमा छोराछारी पढाउने अभिभावकसँग शुल्कअनुसार सार्वजनिक शिक्षा कर लिने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

निजी विद्यालयबाट छात्रवृत्ति पाएका अवस्थामा बाहेक अन्य अभिभावकबाट तोकिएबमोजिम कर लिने गरी विधेयक संशोधन गर्नुपर्ने औंल्याइएको छ ।
कर लिने व्यवस्थाले राज्यले पूरा जिम्मेवारी नलिएसम्म सार्वजनिक शिक्षाका लागि स्रोत जुटाउने एउटा उपाय हुने र त्यसले सामाजिक न्यायको संकेतसमेत गर्ने प्रतिवेदनमा उल्लेख छ ।

निजीमा बालबालिका पढाउन चाहने अभिभावकले निःशुल्क शिक्षा पाउने हक दाबी गर्न नपाउने व्यवस्था गर्न सकेमात्र संविधानसम्मत हुन सक्ने उनीहरूको तर्क छ । संविधानले माध्यमिक तहसम्म निःशुल्क र आधारभूत तह अनिवार्यसहित निःशुल्क हुने ग्यारेन्टी गरेको छ । विज्ञहरूका सुझावलाई शिक्षा नीति तथा अभ्यास केन्द्रले प्रतिवेदन तयार पारेर समितिमा पेस गरेको हो ।

निजीले शुल्क लिन पाउने तर पर्याप्त अनुदानसमेत नपाउने सामुदायिक विद्यालयले शुल्क लिन नपाउने प्रावधानले विभेद हुने शिक्षाकर्मीहरूले तर्क गर्दै आएका छन् । गुठीमा मात्रै निजी विद्यालय स्थापना गर्न पाइने विधेयकको व्यवस्थाले निजी विद्यालयको एकाधिकार बढ्ने भन्दै आलोचनासमेत हुँदै आएको छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, प्राध्यापकसहितका शिक्षाविद्ले विधेयक संविधान र संघीयताविपरीत रहेकाले त्यसलाई समेत संशोधन गर्न सचेत गराएका छन् ।
विज्ञहरूले भने शिक्षक महासंघको सट्टा नेपाल शिक्षक काउन्सिल हुनुपर्ने माग गरेका छन् । महासंघ राजनीतिक प्रकृतिको संगठन भएकाले त्यसको सट्टा स्वतन्त्र, गैरराजनीतिक अवधारणामा जानुपर्ने औंल्याइएको छ । काउन्सिललाई शिक्षक लाइसेन्सको कामसमेत दिने सक्ने सुझाव दिइएको छ ।
उनीहरूले प्रारम्भिक बालविकास कक्षा (ईसीडी) लाई पनि विद्यालय तहमा समावेश गर्नुपर्ने सुझाव दिएका छन् । विधेयकमा ईसीडीलाई विद्यालय तह बाहिर राखिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।