भोजपुर दोस्रो चरणमा

received_626279956381994

दमक /

दमकमा चलिरहेको  दोस्रो रोयल महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा आज   भोजपुर नगरपालिकाले जीत सुरुवात गरेको छ ।
उदयपुरको बसाहा फुटबललाई  सुन्यका बिरुद्ध दुई गोल गर्दै भोजपुर बिजयी भएको हो ।
दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयको खेल मैदानमा भइरहेको सो खेलमा विजयी भएसँगै भोजपुर दोस्रो चरणमा प्रवेश गरेको छ ।
 प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा धरान महिला फुटबल क्लब सुनसरी र टसि ब्वाइज क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकका टिम व्यवस्थापन संयोजक इजु तामाङले जानकारी दिए ।
कात्तिक ५ गते सम्पन्न हुने प्रतियोगिताका विजेता टोलीले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै उपविजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र विधागततर्फ वोमेन अफ द म्याच, बोल्डन बल अवार्ड, गोल्डेन बुट अवार्ड ,गोल्डेन ग्लोभ्स अवार्ड र रोयल वेष्ट राईजिङ प्लेयर अवार्डबाट उत्कृष्ठ हुने एक ,एक जना खेलाडीलाई समेत जनही नगद २ हजार तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक राजु खड्काले जानकारी दिए ।
उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित