रेमिटान्समा अडेको अर्थतन्त्र : दुईमहिनामै भित्रीयो २ खर्ब २८ अर्ब

दमक/
दुई महिनामा दुई खर्ब २८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दास्रो महिना (भदौ) मा यो रकम बराबर रेमिटेन्स भित्रिएको हो।
गत आर्थिक वर्ष २०७९/८० को तुलनामा २२.१ प्रतिशत धेरै रेमिटेन्स भित्रिएको हो। गत आर्थिक वर्षको दोस्रो महिना एक खर्ब ८७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो दुई महिनामा नयाँ गन्तव्यको लागि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षको यही अवधिको तुलनामा भने घटेको छ।
गत आर्थिक वर्षमा नयाँ श्रम स्वीकृतिमा जानेको संख्या एक लाख ३ हजार रहेकोमा यसपटक ७४ हजार ४ सय ५५ पुगेको छ।
त्यस्तै, पुनः श्रम स्वीकृतिमा जानेको संख्या भने १८.३ प्रतिशतले घटेर ३२ हजार ४ मा सीमित भएको छ।
गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या सात लाखभन्दा धेरै पुगेको थियो। गत वर्ष बढेको यो संख्याकै कारण रेमिटेन्स भित्रिने दरमा वृद्धि देखिएको हो।
रेमिटेन्स रकममा वृद्धि भएपछि मुलुकको विदेशी मुद्रा सञ्चिति (डलरमा) ३१ महिना यताकै उच्च भएको छ। नेपाली मुद्रा आधारमा भने यो हालसम्मकै उच्च हो।

Share:

Facebook
Twitter
Email
WhatsApp