दमक/
एक जनाको हातमा रातो टिका मुछेको थाली छ । छेउमै अर्का जना थालमा जमारा लिएर बस्नु भएको छ । अनी साथमा अर्का एक जना नयाँ नयाँ नोटका दक्षीणा बोकेर ।
लाईन लागेर सानो देखी ठुलाहरुले टिका ग्रहण गरिरहेका छन् । आर्शिवाद लिने काम गरिरहेका छन् । टिका लगाइसक्नेहरु छेउमा गाडीएको लिङ्गे पीङमा भुई छोडेर आनन्द लिरहेका छन् ।
यी दृष्य हेर्दा लाग्छ यहाँ निकै धुमधामका साथ दशैको टिका लगाइरहिएको छ । यो यहाँ दशैकको टिकानै लगाइएको हो । तर यो कुनै घर परिवारमा भने होईन । परिवार हो । तर विद्यालयको ।
विद्यार्थीलाई दशै भाव जगाउन , दशैको महत्व बुझाउन यो प्रकारको कार्यक्रम गर्ने विद्यालयको नाम हो स्मारिका सामुदायीक अग्रेजी बोर्डिङ स्कुल कमल ५ झापा ।
यहाँ विद्यार्थीहरु आफैले जमारा राख्ने दिन जमारा पनि राखेका थीए । त्यहि जमारा लगाएर उनीहरुले दशैको टिका लगाएका छन् । उनीहरुले नै बनाएको दुर्गा पुजाको जग्गे पनि निकै सज्जी सज्जावट तरिकाले बनाएमा पनि छन् । यी सबै काम गर्न विद्यालयले विद्यार्थीलाई सिकाएको हो ।
यसबाट हामीले मनाउने पर्वहरुको महत्व विद्यार्थी आफैले प्रयोग गरेर बुझ्नु पर्छ । यसका सस्कार र सस्कृतीका बारेमा जान्नु पर्छ भनेर यो प्रकारको कार्यक्रम गरिएको विद्यालयका शिक्षक सुजन विष्टले बताउनु भयो ।
केहि विद्यार्थीहरु नयाँ लुगामा टिका लगाउन आएका थीए । उनीहरुले दशैको भाव झल्काने गरिका विभिन्न दृश्यका चित्रहरु बनाएर विद्यालयको प्राङ्गणमा झुण्डाएका पनि थीए । चङ्गाको चित्र टासिएका थीए । विद्यालय प्राङ्गणमै लिङ्गे पीङ विद्यार्थीकै सकृयतामा गाडीएको थियो । यी सबै कृयाकलपाले आफ्नो सस्कृतीलाई नजिकबाट चिन्न सकेको विद्यार्थीहरुले प्रतिकृया दिएका छन् ।
स्मारिका स्कुलमा विद्यार्थीहरुलाई पढाउनेसँगै विभिन्न बाहिरी ज्ञानका कुराहरु सिकाउने पनि काम गर्दै आइएको विद्यालयका प्रन्सिपल गुणराज गिरीले जानकारी दिनुभयो ।
भिडियोमा हेरौ
दशै के हो र कसरी मनाउने ? विद्यार्थीलाई प्रयोग गरेर बुझाउँदै विद्यालय, – YouTube