दमक/
नेपालीहरुको महान पर्व बिजया दशमी अन्तर्गतको आज महा सप्तमी । आज घर घरमा फुल पाती भित्राएर बडादशैलाई स्वागत गरिसकियो ।
दशै मनाउन गाउँबाट शहर गएकाहरु गाउँ फर्कन थालेका छन् । शहरहरुमा बस्ने गाउँ फकेर्न क्रम बढ्न थालेकोले शहर खाली हुन थालेको छ ।
तर गाउँमा सबै सुविधा नभएका कारण शहरमा धाएर किनमेल गर्नेहरुका कारण चाहि बजारमा केहि चहल पहल पनि देख्न सकिन्छ ।
झापाको दमक बजार । पूर्वि नेपालकै एक व्यस्त बजारमा पर्दछ । अझ खासगरी पूर्व पश्चिम राजमार्ग अन्तर्गतमा पर्ने शहर मध्ये सबैभन्दा छिटो फड्को मारेको शहरमा पर्छ दमक ।
यहाँ पूर्वि पहाडी जिल्लाहरु इलाम, पाँचथर तथा ताप्लेजुङका पश्चिम दक्षिण तर्फका नागरिकहरु किनेमल गर्न आउने गर्छन ।
अनी दक्षिण तर्फपनि ठुलो बजार नभएका कारण गौरादह, गौरीगञ्ज , कमल तथा शिवसताक्षी सम्मका सर्वसाधारणहरुको किनमेल गर्ने गन्तव्य हो दमक ।
तर दमकमा पनि यो पटक अन्य वर्षको झै दशैको माहोल देख्न पाइएको छैन । अरु बेला खचाखत हुने दमकका पसलहरुमा उत्ती रौनक छैन ।
सर्वसासाधरणहरु यो पटक पर्वलाई एउटा सस्कृति जगेडा गर्ने , परम्परा मान्नकालागि मात्रै दशै मनाउने तयारी गरिरहेका छन् ।
दमकका व्यापारीहरु भन्छन् गत वर्षका दशैमा भन्दा यो पटकको दशैमा ७० देखी ७५ प्रतिशत सम्म ब्यापार घटेको छ ।
दमकको देभकोटा चोक र मिसाल मार्केट पश्चिम पट्टि आर के फेन्सि स्टोर चलाइरहनु भएका आर के थापा भन्नु हुन्छ ‘यो पटकको ब्यापार धेरै घटेको छ ।
कपडा व्यवसायीले दशैमा ब्यापारा होला कि भनेर ऋण काडेर सामान हालेका छौ । पसल नचलेका कारण त्यो ऋण त के व्याज तीर्न पनि नपुग्ने भयो ।’