दमकमा चराउन लगीएका १० वटा खसी बाख्रा वेपत्ता

दमक/
झापाको दमकमा चराउनकालागि लगिएका खसी बाख्रा हराएका छन् ।

दमक ८ स्थित सिर्जना टोल निवासी ज्ञान बहादुर गिरीका बाख्रा हराएको उहाँले वडाध्यक्ष धर्मराज दाहाल(दिपेश)लाई जानकरी गराउनु भएको वडाध्यक्ष दाहालले बताउनु भयो ।

‘गिरीका ३ वटा खसी, एउटा बोका , ३ वटा बाख्रा र ३ पाठा गरी १० खसी बाख्रा हराएको रहेट छ । हामीले खोजीकालागि पहल गरेका छौ । प्रहरीसँग समेत समन्वय गरिएको छ ।’वडाध्यक्ष दाहालले बताउनु भयो ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान समेत थालेकोले लगेकाहरुले इमान्दार तरिकाले खसी धनिलाई फिर्ता गर्न उहाँले अनुरोध गर्नु भएको छ ।

दशैको समयमा आर्थीक मन्दी झन बढेका कारण चोरी तथा लुटपाटका घटना हुन सक्ने भएकोले प्रहरीले सतर्कता रहन निरन्तर अपील गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज कुमार लामाले बताउनु भयो ।

Share:

Facebook
Twitter
Email
WhatsApp