दमक/
नेपाल भ्रमणमा रहनु भएका संयूक्त राष्ट्र सघंका महासचिव एन्टिनियो गुटेरेसलाई भुटानी शरणार्थीहरुले चार बुदे अपील गरेका छन् ।
झापाको दमक स्थित बेलडाँगी शिविरमा भेला भएर र्याली समेत निकालेर उनीहरुले अहिले भोगीरहेको समस्या समाधानकालागि पहल गरिदिन महासचिव गुटेरेसलाई अपिल गरेका हुन ।
सन् १९९२ मा सालमा भारतबाट लखेटिएर नेपाल आएका १ लाख १३ हजार शरणार्थीहरुमध्ये अधिकांश विभिन्न ८ वटा देशमा तेस्रो देश पुनःर्वासकालागि पुगेसकेपनि त्यो शरणार्थीका दिगो समाधान नभएकोले दीर्घकालिन र न्यायोचति समाधानकालागि पहल गरिदिन शरणार्थीहरुले अपील गरेका छन् ।
तेश्री देश पुनर्वास गराउने काममा युएनएचसिआरले शिविरमा एक जना शरणार्थी रहेसम्म संस्थाले प्रदान गर्दै आएको कुनै पनि राहतमा कमी नआउने प्रतिबद्धता जाहेर गरेको भएपनि सन् २०१८ बाट सबै सुविधा कटौती गर्दा शरणार्थीहरुमा समस्या सिर्जना भएको उनीहरुको भनाई छ ।
उनीहरुले महासचिवलाई पठाएको अपील पत्रमा उल्लेख गरेका चार वटा मागहरुमा
१. भूटानी समस्या भनेको राजनीतिक समस्या हो । त्यस कारण यसको हल पनि राजनीतिक हल हुनु पर्दछ । यसको एउटै मात्र समाधान हो भूटानी शरणार्थीहरुलाई स-सम्मान स्वदेश फिर्ता गर्नु । यसको निम्ति बहुपक्षीय वार्ता अहिलेको टट्कारो आवश्यकता हो । बहुपक्षीय वार्तामा भूटान, नेपाल, भारत सरकार, शरणार्थी प्रतिनिधि र विश्वमा मान्यता प्राप्त शरणार्थी सम्बन्धि विज्ञता हासिल गरेका संस्था युएनएचसिआर तथा यूएन सम्मेलित वातलि मात्रै शरणार्थी समस्याको दिगो समाधान गर्ने निश्चित छ । तसर्थ, बहुपक्षीय वार्ताको निम्ति सहज वातावरण निर्माणको पहलकदमी लिइदिन हुन विनम्र अपिल गर्दछु ।
२ तेश्रो देश पुनर्वास जाने इच्छा हुँदा हुँदै पनि पुनर्वास जान अयोग्य बनाइएका एवं प्रक्रिया नभएकाहरूका लागि पनि पारिवारिक मिलनको वातावरण निर्माण गर्न सम्बन्धित राष्ट्रहरुलाई अनुरोध गरिदिन यहाँलाई अपिल गर्दछ ।
३) माथि उल्लेखित दुवै विकल्पहरु अस्वीकार गर्ने र स्थानीय एकिकरण चाहाने भूटानी शरणार्थीहरुलाई शरणगत देशम अन्तर्राष्ट्रिय कानून बमोजिम नागरिक अधिकार सहित उचित व्यवस्थापनको पहल गर्न पनि अपिल गर्दछ ।
४. पञ्जिकरणमा छुटेका सम्पूणर् भूटानी शरणार्थीहरुलाई निस्पक्ष छानविन गरी शीघ्र पञ्जिकरण गरियोस् ।
भिडियोमा हेरौ