दमक/
कोहि जन्मदा वा मृत्यू हुँदा त्यसको दर्ता गरिनु पर्छ । जन्म र मृत्यू दर्ताले सामाजीक सुरक्षाको अध्यावधिक गराइरहन्छ । यी घटनाहरु ३५ दिन भित्रैमा दर्ता गर्दा कुनै शुल्क लाग्दैन । नजिकैको वडा कार्यालयमा गएर यस्ता घटनाको दर्ता गर्न सकिन्छ ।
तर तत्काल कुनै काम नपर्ने र व्यस्त हुनेहरुले यस्ता पारिवारीक लगतको विवरण दर्ता गर्न उती वास्ता पनि गर्ने गर्दैन् ।
जतिबेला काम पर्यो त्यतीबेला बरु जरिवानै तिरेर भएपनि दर्ता गर्ने चलन अलीक बढि छ ।
यता झापाको दमक स्थित वडा नं ८ को कार्यालयलले नागरिकको अवस्थालाई मद्यनजर गर्दै जन्म र मृत्यू भएका घटनाको प्रमाणपत्र घर घरमै गएर प्रदान गर्ने काम सुरु गरेको छ ।
वडामा भौतीक वा अन्य माद्यमबाटै पनि जानकारी गराएमा यो सेवाको ‘होम डेलीभरी’ हुने छ ।
यस्तो जानकारी ३५ दिन भित्रैमा भएमा वडाका जनप्रतिनिधी तथा कर्मचारीहरु घरमै जान्छन् र आवश्यक प्रकृया पुरा गरि दर्ता गर्न खोजेको व्यक्तिगत विवरण दर्ता गरिदिन्छन् ।
वडा नं ८ का वडाध्यक्ष धर्मराज दाहाल दिपेशका अनुसार चुनावका बेला वडाबासीसँग गरेको प्रतिवद्धतालाई पुरा गरेको प्रतिकृया दिनु भएको छ ।
आफुहरुले घर घरमै आएर सेवा दिने भनेर जनतासँग भनेको र त्यसबेला भनेका कुराको कार्यान्वायन गर्न थालेको उहाँले बताउनु भयो ।
जन्म र मृत्यू दर्ताको प्रमाणपत्र घरमै पाउन भने वडा कार्यालयले घटना भएको ३५ दिन भित्रमा वडा कार्यालयमा जानकारी गराइसक्नु पर्ने सर्तलाई भने अघी सारेको छ । जनताको घरमै गएर यो प्रकारको सेवा सुरु गरेको वडा कार्यालयले समयमै घटनाका बारेमा जानकारी गराउन अनुरोध पनि गरेको छ ।
यस अघी पनि यो वडामा जेष्ठ नागरिकलाई घर घरमै गएर सामाजीक सुरक्षा भत्ता दिने काम भइरहेको छ भने बेला बेलामा अपाङ्गता, अशक्त तथा जेष्ठहरुको स्वास्थ्य परिक्षण पनि घरमै गएर गर्दै आएको छ । जन्म र मृत्यू दर्ताको प्रमाणपत्र दिने कामको पहिलो दिन बालुवाटार टोल विकास सस्थाका दिप खत्री र शान्त्ती निराजन मार्ग टोल विकासका शियान्स दाहाललाई जन्मदर्ताको प्रमाणपत्र दिएर थालनी गरिएको बताइएको छ ।
भिडियोमा हेरौ