दमक/
भवन निर्माण गर्न लाखौ करोडौ खर्च गर्ने सरकारी निकायहरु त्यो भवन अपाङ्गमैत्री बनाउन भने उदासिन देखिएको पाइएको छ ।
अझ सार्वजनिक निकायहरुका हाकीम तथा प्रमुखहरु निमिर्त भवनको सबैभन्दा माथील्लो तलाको कोठामा बस्दा अपाङ्गगता भएकाहरुले सहजरुपमा कार्यालयमा गएर भेट्नै सक्दैनन् ।
यस्तै संरचना छ दमक स्थित दमक नगरपालिकाको कार्यालयको पनि । नगरपालिकाको दोस्रो तलमा प्रमुख प्रशाषकीय अधिकृतको कर्यकक्ष रहेको छ भने यो भन्दा पनि माथी नगर प्रमुख र उप प्रमुखको कार्यकक्ष ।
यी कार्यकक्षमा अपाङ्गगता मध्ये पनि खुट्टा नचल्ने तथा ह्विल चियर कुदाएर हिडडुल गर्नेहरु पुग्नै सक्दैनन् ।
अनी दृष्टिबिहिनहरुकालागि ठाउँ ठाउँमा ब्रेल लिपि तथा टेक्स टायल नराखएका कारण पनि ती निकायमा गएर आफुले चाहेका व्यक्ति भेट्न सक्दैनन ।
दमक अपाङ्ग सहयोग समितीका अध्यक्ष तथा अपाङ्गमैत्री भवन निर्माण अनुगमन समिती दमकका फोकल पर्सन खगेन्द्र प्रसाद भट्टराईका अनुसार दमकका अधिकांश सार्वजनिक भवन अपाङ्गमैत्री छैनन् । पटक पटक भवन तथा कार्यालयहरु अपाङ्गमैत्री बनाउन माग गरिएपनि यसको खास सुनुवाई नभएको उहाँले बताउनु भयो ।
दमक नगरपालिकाले नितिगत रुपमा सुधार गर्ने भनेर भनिएको भएपनि त्यो अनुसारको काम नभएको भट्टराईको भनाई छ । यता इलाका प्रहरी कार्यालय र दमक अस्पतालका भौतिक संरचना पनि अपाङ्गमैत्री बन्न नसकेको उहाँले उल्लेख गर्नु भयो । रेडक्रस भवनमा रहेको बाल अस्पतालको भौतिक संरचनामा भने अपाङ्गमैत्रीका केहि सुचकहरु निर्माण गरिएको उहाँले उल्लेख गर्नु भयो ।
राष्ट्रिय अपाङ्ग महासघंले विभिन्न प्राविधिक सहित ९ महिना अघी दमकका विभिन्न सार्वजनिक सस्थाहरुको अनुगमन गरेको थियो । त्यस बेला सुधार गर्नुपर्ने संंरचनाका बारेमा सोहिबेला सम्बन्धीत कार्यालयका प्रमुख तथा प्रतिनिधीलाई सुझाव पनि दिइएको थियो । सो सुझाव पछि पनि भएका सुधारका बारेमा महासघंले प्रतिवेदन पनि प्रकाशन गर्यो । सो प्रतिवेदन हरेक कार्यालयको छुट्टा छुट्टै थियो । सो प्रतिवेदनमा अपाङ्गमैत्री भवन तथा अन्य संरचना निर्माण गर्ने काम अपुरो रहेको उल्लेख थियो । प्रतिवेदन बुझ्दै कार्यालयका प्रमुखहरुले आगामी दिनमा सुधार गर्दै अघी बढ्ने प्रतिवद्धता जनाएका थीए ।
अव पनि सार्वजनिक भवहरु अपाङ्गमैत्री नबनाए भवन निर्माण आचार संहिता बिपरित भएको भनेर अदालतमा मुद्धानै हाल्ने तयारी राष्ट्रिय अपाङ्ग महासघंले गरेको छ ।
भिडियोमा हेरौ