दमक/
झापाको दमक नगरपालिकाले सार्वजनिक सुचना प्रकाशन गरेर चार दिन सम्म तोरीको बिउ तथा उत्पादन सामाग्री वितरण गर्ने कार्यक्रम राखेको थियो ।
नगरपालिकाले जारी गरेको सुचना अनुसार मंगलबार देखी शुक्रबार सम्म गरि चार दिन भित्रमा दमकमा रहने किसानहरुलाई जग्गा धनिपुर्जाको प्रमाणपत्र पेष गरेर अधिकतमक ८ केजी सम्म तोरीको बिउ तथा त्यसकालागि आवश्यक पर्ने अन्य उत्पादन सामाग्री बितरण गर्ने कार्यक्रम नगरपालिकाले राखेको थियो ।
तर यो कार्यक्रममा पहुँच भएकाहरुले पर्याप्त बिउ लाने गरेको तथा अन्य किसानहरुले बिउनै नपाएको गुनासो उज्यालो खवरको क्यामारामा बोलेका छन् ।
८ केजी सम्म उन्नत जातको तोरीको बिउ त्यो पनि ७५ प्रतिशत अनुदानमा पाउने भनेपछि नगरका किसानहरको भीड नगरपालिकाको कार्यालयमा थेगिनसक्नुको भयो । भीडलाई व्यवस्थापन गर्दै पहिलो दिन आएकाहरुले तोकिए तथा चाहेजती बिउ लगेको गुनासो दोस्रो दिन बिउ लिन पुगेका किसानहरुको छ । आफुले माग गरेजति बिउ पाउन नसकेको बताउँदै उनीहरु भन्छन् यो कार्यक्रम किसानकालागि झारा टार्ने कार्यक्रम भयो । राहत दिने भएन ।
यसरी चार दिन सम्म तोरीको बिउ तथा अन्य सामाग्री वितरण गर्ने भनेर जारी गरिएको सुचनाको कार्यक्रम दुई दिन पनि पुरा टिकेन । बुधबार नगरपालिकाले फेरि अर्को सुचना प्रकाशन गरेर वितरित विउ सकिएको र कोहि पनि किसान लिन नआउनु भनेर भन्यो । अर्थात कार्यक्रम स्थगीत भएको सुचना प्रकाशन भयो । यसरी बतिरण गर्ने भनिएको बिउँ किन पर्याप्त नभएको भनेर हामीले दमक नगरपालिकाको कृषि शाखा प्रमुख चन्दा भट्टराईलाई प्रश्न गर्यौ । जवाफमा भट्टराई भन्नु हुन्छ ‘लगत भन्दा बढी किसान आउनु भयो त्यहि भएर माग गरिएजति दिन सकिएन । ’
किसानलाई ३ सय ४५ रुपैँया प्रति केजी पर्ने तोरीको बिउ ८७ रुपैँयामा, ४२ रुपैँया प्रतिकेजी पर्ने एमोनियम सल्फेट ११ रुपैँयामा, २ सय ५ रुपैँया प्रतिकेजी पर्ने बोरन ५२ रुपैँयामा र १ सय ४५ रुपैँया प्रति केजी पर्ने जिङक३७ रुपैँयामा उपलब्ध गराइएको थियो । तर यो पर्याप्त नभएका कारण भने किसानहरुले कष्ट मात्रै भोग्नु परेको गुनासो गरेका थीए ।
भिडियोमा हेरौ