रतुवामा मुक्तिघाट बनाउन जुर्मुराउँदै दमक

दमक/

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दमक खण्डको रतुवा नदिमा रहेको पुल दक्षिण तर्फ मुक्ति घाट निर्माण गर्न यहाँको समुदाय जुर्मुराएको छ ।
खास गरि दमक नगरपालिका वडा नं ८ को नेतृत्वमा यहाँ रहेका सबै सरोकारवाला तथा पक्षहरु एकै ठाउँमा जम्मा भइ रतुवा नदिमै व्यवस्थित, सुरक्षीत र आकर्षक खाले मुक्तिघाट निर्माण गर्न एक जुट भएका हुन ।
यहाँ रहेका सबै राजनैतिक दल, विभिन्न पेषा व्यवसायमा आवद्ध भएकाहरु, सामाजीक क्षेत्रमा सकृय भएर काम गरिरहेकाहरु एकै ठाउँ जम्मा भएर दमक तर्फ रतुवा नदिमा मुक्ति घाट निर्माण गर्ने काममा सहमती पनि जुटेको छ ।
सर्वपक्षीय सहमती अनुसार अव दमकको बेग्लै पहिचान जोडिने गरि मोरङको पूर्वि क्षेत्रका नागरिक, झापाको कमल। गौरादह, गौरिगञ्ज सम्मका नागरिकहरुले प्रयोग गर्न मिल्ने गरि पार्क तथा अन्य सुविधा सहितको मुक्ति घाट निर्माण गरिने मुक्ति घाट निर्माण स्थल पहिचान तथा अध्ययन समितीका संयोजक प्रकाश अधिकारीले बताउनु भयो ।

रतुवा नदिमा पूर्व पश्चिम राजमार्गमा रहेको पुलबाटै देखिने गरि दक्षिण तर्फ विभिन्न मन्दिर, पार्टि पौवा निर्माण गर्दै, बगैचा सहितको सुरक्षीत, सुविधायूक्त मुक्ति घाट निर्माण गर्न अहिले स्थान पहिचान गरिएको छ । वडा नं ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश भन्नु हुन्छ घाट निर्माण गर्न जग्गाको व्यवस्थापन गर्ने सकेर डिपीआर बनाइ जतिसक्दो चाँडो पूर्णता दिन तदारुक्ताका साथ लागि परिएको छ ।

दमकमा आहिले पनि सुरक्षित र व्यवस्थित मुक्ति घाटको अभावमा खास गरि गरिव तथा पिप्पन्न वर्गहरुले कष्टपूर्ण तरिकाले शवदाह गर्दै आएका छन् । दमकको उत्तरी क्षेत्र दमक २ को हंसे दुम्से सामुदायीक वनको क्षेत्रमा पनि अर्को मुक्ति घाट बनेको छ । तर यो पनि पूर्ण संरचना बन्न नसकेका कारण सिङ्गो दमक बासीहरुले प्रयोग गर्न सकिरहेका छैनन ।

भिडियोमा हेरौ

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp