सडक दुर्घटनालाई महामारीको रुपमा लिएर नियन्त्रण गर्न विषेश कार्यक्रमको आवश्यक

दमक/

नेपालको भौगोलिक स्थिती, सडकको अवस्था, सवारी साधनको चाप अनी कतिपय अपरिपक्क सवारी चालकका कारण हरेक दिन सवारी दुर्घटनाका घटना हुने गरेका छन् ।
यसरी दुर्घटनाका कारण कयौको मृत्यू भएको छ भने कयौ सर्वसाधरण उठ्नै नसक्ने गरि घाईते बनेका छन् ।
कसैको जीवन ठाउँका ठाउँ सकिएको छ । कसैको जीवन जिउँदो लाश बनाइरहेको छ सवारी दुर्घटनाले ।
सवारी दुर्घटना न्यूनिकरण समबन्धीका एक जना बिज्ञ तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम ज्वाला राईले सवारी दुर्घटनाका कारण हरेक दिन सात देखी आठ जना नागरिकले नेपालमा ज्यान गुमाएको उत्तेलख गर्नु भएको छ । यही अनुपातमा महिनामा २ सय जना भन्दा बढि र वर्षमा वर्षमा २४ सयको हाराहारीमा सडक दुर्घटनाकै कारण ज्यान गुमाउनेहरु रहेका छन् । त्यसैले यो तथ्यांकालाई आधार मान्दा सडक दुर्घटना न्यूनिकरणकालागि राज्यले महामारी नियन्त्रण गर्न जसरी विषेश कार्यक्रमहरु ल्याएको हुन्छ त्यहि अनुसारका कार्यक्रम ल्याउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

आम सर्वसाधरणको बुझाई र सरकारका केहि प्रतिनिधीहरुको पनि मनस्थितीमा सार्वजनिक यातायातका साधन चलाउने चालकको लापर्वाहिका कारण सडक दुर्घटना हुने गरेको भनेर भन्ने गरिन्छ । यही कुरालाई मद्यनजर गरेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सबै प्रकारका सवारी चलाउनेहरुसँग एक प्रकारको प्रतिवद्धता गराउने अभियान चलाएको पनि राईले बताउनु भयो । २०७४ साल देखी यो अभियान कार्यथलोमै सवारीका चालक तथा सह चालकहरुलाई राखेर प्रशिक्षण दिइएको र हरेक सवारीमा ‘म दुर्घटना गराउँदिन’ भन्ने प्रतिज्ञा सहितको स्टिकर टास्ने काम गरिरहिएको पनि राईले जानकारी दिनु भयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दमक नगर कमिटीले आयोजना गरेको कार्यथलो अभियानका क्रममा शुक्रबार बिभिन्न यातायात मजदुरहरुलाई सम्मान समेत गरिएको थियो । २०४४ साल देखी सवारी सञ्चालन गर्न सुरु गरेको र अहिले सम्म कुनैपनि सडक दुर्घटना नगारएकोमा दमक ८ का गोपाल बहादुर खड्कालाई प्रशाषा पत्र सहित सम्मान गरिएको थियो । यस्तै सडक दुर्घटना न्यूनिकरण गर्न योगदान गर्नेहरु इ रिक्सा तथा टेम्पो सञ्चाल गरिरहनु भएकी दमक ५ कि गंगा देवी राजबंशी , दमक ९ का नन्दलाल लुईटेल तथा दमक ७ का द्रोण बहादुर खड्कालाई समेत सम्मान गरिएको थियो ।
नेकपा एमाले निकट रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यसका केन्द्रिय अध्यक्ष राईलाई पार्टिको कोशी प्रदेश कमिटीको सदस्यमा निर्वाचित हुनु भएको भन्दै सम्मान गरिएको संठठनका दमक अध्यक्ष मदन खड्काले जानकारी दिनु भयो ।

भिडियोमा हेरौं 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको

मेची राजमार्गको इलाम खण्ड गम्भीर संकटमा

इलाम ,११ जेठ। पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवाली – गोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ। करिब ३ किलोमिटर

जनआस्था कार्यालयको गेटमा रक्सी र ५० हजार नगद, फसाउने षड्यन्त्र  भएकाे श्रेष्ठकाे दाबी

काठमान्डौं ,११ जेठ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा निवर्तमान गृहमन्त्री सुधन गुरुङका शंकास्पद गतिविधिबारे समाचार प्रकाशन गरिरहेको जनआस्था साप्ताहिक र त्यसका प्रधानसम्पादक किशोर