दमक/
पत्रकार मंच दमकले आयोजना गरेको मिडियाकप फुटसल प्रतियोगिताको उपाधी हरप्रहर मिडिया प्रालीले जितेको छ ।
८ वटा टिम सहभागी प्रतियोगिताको फाईनलमा हरप्रहरले सताशी प्रेस क्लबलाई पराजित गर्दै उपाधी जितेको हो ।
७-१ गोल अन्तरले बिजेता बनेको हरप्रहरले नगद १५ हजार १५ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र जितेको छ ।
उप बिजेता बनेको सताशी प्रेस क्लबले नगद १० हजार १० रुपैया सहित मेडल,ट्रफी र प्रमाणपत्र पाएको छ ।
झापा तथा दक्षिण इलाममा रहेका मिडियाहरु बिचको सम्बन्ध थप प्रगाढ बनाउन भन्दै मंचले पहिलो पटक यो खाले प्रतियोगिता आयोजना गरेको अध्यक्ष कमन देवानले जानकारी दिनु भयो ।
दमक नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरमा रहेका विभिन्न संघ सस्थाका नेतृत्व तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।