दमक/
तीहारले छपक्कै छोपीएको छ । बजारमा तीहारका किनमेल गर्नेहरुको घुईँचो छ । तीहारमा सबै भन्दा बढि फूलको प्रयोग हुन्छ ।
लक्ष्मी पुजा देखी भाईटिका सम्म अत्याधीक मात्रामा प्रयोग हुने फूल घर तथा पसलको सज्जीसज्जवाटकालागि पनि उतीनै मात्रामा चलाइने गरिन्छ ।
पुजा गर्ने बाहेक सजीसज्जावटका लागि पछिल्लो समय भने प्लाष्टिकका बिभिन्न रङ्गी बिरङ्गी फूलहरुको प्रयोग पनि गर्ने गरिएको छ ।
तर प्लाष्टिकका फूल मानव स्वास्थ्यकालागि असर गर्ने भन्दै सरकारले यसको बिक्रि वितरणमा रोक लगाइएको छ ।
बजारमा ब्यापारीलाई प्लाष्टिकजन्य फूलका सामाग्री नबेच्न अनुरोध गरेको भएपनि झापाको दमक बजारमा भने यसको बिक्रि सर्वत्र भएको पाइएको छ ।
यसरी सरकारी सुचना तथा सचेतनालाई समेत वेवास्था गर्दै दमकमा प्लाष्टिकजन्य फूल बेच्नेहरुलाई कार्वाहि गर्ने भएको छ ।
कार्वाही स्वरुप शनिबारबाट बिक्रिकालागी राखीएका त्यस्ता फूलहरु जफत गर्ने निर्णय गरिएको दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले जानकारी दिनुभयो ।
मानव स्वास्थयमा यस्ता फूलहरुले असर पारेको गुनासो आएको र प्राकृतिक फूलनै प्रषस्त पाइने भएकोले व्यवसायीलाई प्राकृतीक अझ आन्तरिक उत्पादनका फूलहरु बेच्न समेत अनुरोध गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।