दमकबाट छैट पर्व नेपालीको पर्व दिने सन्देशको थालनी भएको दावी(भिडियोमा हेरौ)

झापाको दमक स्थित रतुवा किनारमा अहिले छैट पुजाको लागी घाट बनाउने काम निरन्तर चलिरहेको छ । अन्य वर्ष भन्दा यो वर्ष यहाँ पुजा गर्नकालागि स्टलहरुको संख्या बढाइएको यसको व्यवस्थापनको जिम्मा लिएको मैथीली सेवा समाज दमक नगर कमिटी अध्यक्ष कृष्ण शाहले बताउनु भयो ।

 

रेडक्रसको ठीक पछाडी पट्टि निर्माण भइरहेको यो छैटको घाटमा यो पटक चाहि पुजा गर्न जानेहरु मैथेली समुदायकाहरु मत्रै रहने छैनन् ।

१० देखी १५ पहाडे समुदायका परिवारले समेत यसको बुकिङ गरिसकेको शाहले उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भएको छ ।

 

यहाँ तराई जातीले मात्रै नभएर पहाडे समुदायका क्षेत्री , ब्राम्हण, मगर, राई लिम्बु लगाययत जातीहरुले समेत स्टलनै लिएर पुजा गर्ने काम सुरु भएकोले यो पटकदेखी चाहि यो पर्व नेपालीहरुको पर्व हो भन्ने सन्देश दमकबाट दिन सुरु गरिएको पनि शाहले बताउनु भयो ।

 

अन्य बिभिन्न ठाउँमा अन्य धर्मकाहरुले पनि छैट मनाउन थालीसकेकोले यसलाई धर्मसँग मात्रै पनि नजोडी सुर्यको आरधना गर्ने एउटा महत्वपूर्ण पर्वको रुपमा लिन पर्ने उहाँको भनाई छ ।

 

रतुवामा छैटको तयारी लगायत यसको सम सायमयी विषयमा शाहसँग गरिएको कुराकानीको भिडियो तलको लिंकमा क्लिक गरि हेर्न सकिने छ ।

 

भिडियोमा हेरौ  

Boost reel

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ