झापाको दमक स्थित रतुवा किनारमा अहिले छैट पुजाको लागी घाट बनाउने काम निरन्तर चलिरहेको छ । अन्य वर्ष भन्दा यो वर्ष यहाँ पुजा गर्नकालागि स्टलहरुको संख्या बढाइएको यसको व्यवस्थापनको जिम्मा लिएको मैथीली सेवा समाज दमक नगर कमिटी अध्यक्ष कृष्ण शाहले बताउनु भयो ।
रेडक्रसको ठीक पछाडी पट्टि निर्माण भइरहेको यो छैटको घाटमा यो पटक चाहि पुजा गर्न जानेहरु मैथेली समुदायकाहरु मत्रै रहने छैनन् ।
१० देखी १५ पहाडे समुदायका परिवारले समेत यसको बुकिङ गरिसकेको शाहले उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भएको छ ।
यहाँ तराई जातीले मात्रै नभएर पहाडे समुदायका क्षेत्री , ब्राम्हण, मगर, राई लिम्बु लगाययत जातीहरुले समेत स्टलनै लिएर पुजा गर्ने काम सुरु भएकोले यो पटकदेखी चाहि यो पर्व नेपालीहरुको पर्व हो भन्ने सन्देश दमकबाट दिन सुरु गरिएको पनि शाहले बताउनु भयो ।
अन्य बिभिन्न ठाउँमा अन्य धर्मकाहरुले पनि छैट मनाउन थालीसकेकोले यसलाई धर्मसँग मात्रै पनि नजोडी सुर्यको आरधना गर्ने एउटा महत्वपूर्ण पर्वको रुपमा लिन पर्ने उहाँको भनाई छ ।
रतुवामा छैटको तयारी लगायत यसको सम सायमयी विषयमा शाहसँग गरिएको कुराकानीको भिडियो तलको लिंकमा क्लिक गरि हेर्न सकिने छ ।
भिडियोमा हेरौ