दमक/
२०७९ साल मंसिर ४ गते प्रतिनिधी सभाको निर्वाचन भएपछि प्राप्त मतलाई सम्मानजनक स्विकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टि अहिले मतदातालाई धन्ववाद भन्दै फेरी घर दैलो अभियानमा लागेका छन् ।
पर्टिको केन्द्रिय कमिटीको सर्कुलर अनुसार देशभर गठन गरिएका रास्वपाका तहगत कमिटीहरु चुनावका बेला उम्मेदवार बनेकाहरुलाई साथमै लिएर जनताको राय बुझ्दै धन्यवाद भन्दै हिडीरहेका हुन ।
यसै क्रममा झापाको दमकमा पनि यहाँको नगर कमिटीको संयोजनमा क्षेत्रीय कमिटी तथा प्रदेश कमिटीका बिभिन्न तथाका पदाधीकारी तथा सदस्यहरु सहित झापा क्षेत्र नं ५ का उम्मेदवार सुरेश कुमार पोखरेल अभियानमा हिड्न्ु भएको थियो ।
अभियानमा हिडेका बेला अन्य दलबाट विक्षीप्त बनेकाहरुले केहि सहानुभूति देखाएका थीए । भने केहिले उती राम्रो प्रतिकृया दिएका थीएनन ।
बाटामा जो भेट्यो त्यहि तथा आफ्ना कार्यकता तथा समर्थकहरुले कहाँ कहाँ लैजान्छन् त्यहि त्यहि गएर सुझाव संकलन गर्दै नेताहरु हिडरहेका थीए ।
अघिल्लो निर्वाचनमा उम्मेद्वार बन्नु भएका पोखरेल बाटोमा भेट्नेहरुलाई गाडी रोकरै भए पनि भेट्ने र आफ्ना कुरा राख्दै अनी सुन्दै हिडीरहनु भएको थियो ।
अन्य दलहरुले गरेनन् । ती दलका नेताहरुले भ्रष्टचार गरेरनै सके अव तपाईहरुबाटै आशा छ भनेर केहि मतदातादले हौषाला दिदा केहिले भने उल्टै प्रश्न गरेर र्याख्र्याख्ती समेत परेका थीए । भेटका क्रममा रास्वपका नेता तथा चुनावका बेला उम्मेदवार बनेकाले सबै भन्दा पहिला सोध्ने गर्छन
१) तपाईँको विचारमा हाम्रो कमीकमजोरी र गल्तीहरू के-के हुन् ?
२) हाम्रो लागि तपाईँका सुझाव के-के हुन् ?
३) आफ्नो क्षेत्रमा तपाईँले देख्नुभएका तीन मुख्य समस्या प्राथमिकता केके हुन हुन ?
यी तीन प्रश्न सोधपछि केहि मतदातादले भने तपाईहरुले के गरेको छ र गल्ती कमजोरी भयो ? काम गर्नेकोपो गल्ती हुन्छ कमजोरी हुन्छ भन्दै प्रतिप्रश्न पनि गरेका थीए ।
हातमा केहि पर्चा पनि बोकीएको छ । गाडीमा पार्टिको झण्डा टागीएको छ । पर्चा सहित घर घरमा गएर नमस्ते भन्दै नेता पुग्ने र आफ्ना कुरा राख्ने दृश्यहरु देखिदा चुनावमा मतमाग्ने गरिकै झझल्को देखिएको छ । खास गरेर अहिले जनताका कुरा सुन्ने र सुझाव तथा आफ्नो क्षेत्रमा भएका समस्याहरुको सुचि बनाउन लगाउने काम गरिरहिएको रास्वपा कोशी प्रदेश कमिटीका सदस्य तथा गत निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधीसभामा उम्मेदवार रहनु भएका पोखरेले प्रष्ट पार्नु भयो ।
गएको निर्वाचनमा पुराना दल र उम्मेदवारबाट निराश बनेका मतदाता स्वतन्त्र सांसदको विजयसँगै उत्साहित देखिएका थिए । तर, एकातर्फ नयाँ र स्वतन्त्र भनिने सांसदको पनि अवस्था पुरानैको जस्तो हुने हो कि भन्ने महत्त्वाकाङ्क्क्षा समेत दिनप्रतिदिन बढ्दो छ ।
भिडियोमा हेरौं