दमकमा पनि मनाइयो ग्रेस इण्टेरनेशनलको १७औ वार्षिक उत्सव

दमक/
विदेश अध्ययन गर्न पठाउने सस्था ग्रेस इण्टेरनेशनलको दमक शाखाले आफ्नो स्थापनाको १७ औ वार्षिक उत्सव मनाएको छ ।
दमक ९ स्थित नाईट बसपार्कमा रहेको कार्यालयमा औपचारिक कार्यक्रम गर्दै ग्रेसले आफ्नो स्थापना दिवस मनाएको हो ।

सो अवसरमा दमक शाखाका निर्देशक दिनेश जंग खड्काले विगत ६ वर्ष देखि दमकबाट ग्रेसले सेवा दिइरहेको र यस आसपासका विद्यार्थीहरुको भरोसा जीत्दै आएको बताउनु भयो ।

‘हाल सम्म दमकबाट मात्रै १५० भन्दा धेरै विद्यार्थीहरुले सेवा लिइक्नु भएको र उहाँहरुले विभिन्न देशमा गएर पढाई सहित आफ्नो भविष्य निर्माणको काममा लागीसक्नु भएको छ । ’ खड्काले सो अवसरमा जानकारी गराउनु भएको छ ।

साथै ग्रेस दमकले आफ्नो वार्षिक उत्सवको अवसरमा नया विधार्थीहरुका लागि विभिन्न अफरहरु ल्याएको सो अवसरमा जानकारी गराइएको छ । ‘ नया विधार्थीहरुका लागि लक्किड्र मार्फत रिचार्ज कार्ड, सिनेमा टिकेट राखिएको छ भने, रू ४,४४४ मा नै आइ.इ.एलटि.एस कक्षा र रू ५,५५५ मा नै पि.टि.ए. कक्षा संचालन भैरहेको छ। साथै विदेश जाने विधार्थीहरुका लागि भने क्यानाडा एप्लिकेशन शुल्कमा वैभर तथा क्यास व्याक अफर लगाएतका रहेका छन् ।’ खड्काले जानकारी दिनु भयो ।

 

कार्यक्रममा सहभागी हुनु भएका बिभिन्न बैंकर, समाजसेवी तथा अभिभावकहरुले ग्रेस दमकले आफ्नो स्थापनाकाल देखि नै चुस्त दुरुस्त सेवाहरु प्रदान गर्दै आइरहेको र विदेश पढ्न जाने हरुको लागि काठमान्डौ नै जानु पर्ने झन्झट समेत अन्त्य भएको बारे स्पष्ट पार्नु भएको थियो ।

 

ग्रेस इण्टेरनेशनल वैदेशिक शिक्षाका लागि विदेश जाने विभिन्न विद्धर्थिहरुका लागि एक परिचित नाम हो। सन् २००६ बाट आफ्नो सेवा सूचारु गरेको यस संस्थाले नेपाल भर १२ र अष्ट्रेलिया, भारत, बंगलादेश, केन्या तथा क्यानाडा गरि १३ शाखा बाट सेवा प्रदान गर्दै आएको छ।

यस संथाले वैदेशिक अध्यनमा जाने विधार्थीहरुलाई करिएर काउन्सेलिङ्ग, भाषा परिक्षाका तयारि कक्षाहरु, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत न्युजल्याण्ड लगाएतका देशहरुको भिसा प्रिक्रियामा उत्कृष्ट सहजीकरण गर्दै आइहरेको छ।

Share: