दमक/
पछिल्लो समय हाम्रा सस्कार र सस्कृतीहरु लोप हुँदै गएका छन् । परम्पारगत पोषाक तथा सामाग्रीहरुको प्रयोग गर्ने प्रचलन हराउँदै गयो । नयाँ पुस्तासँग केहि वर्ष अघीका मात्रै कुरा गर्ने हो भने त्यसबारेमा अनबिज्ञता जनाउँछन् । जुन स्वभावीक पनि हो ।
परालबाट पीरा बुन्न सकिन्छ । गुन्द्री बुनेर त्यसमा बस्न सकिन्छ अथवा ओछ्यानमा प्रयोग पनि गरिन्छ भन्ने कुरा शहर बजारका बालबालिकाहरुकालागि नौलो लाग्न सक्छ ।
बजारका विद्यालय जाने बालबालिकाहरुले पराल देखेका होलान । तर त्यसलाई गाईबस्तुले खाने घाँसको रुपमा मात्रै प्रयोग गर्छन होला भन्ने लाग्नु स्वभाविक नै हो । किनकी बालबालिकाहरुलाई परालबाट बन्न सक्ने अन्य विभिन्न घरायसी सामाग्रीको बारेमा बताइएकै छैन । जानकारीनै छैन ।
यही कुरालाई मद्यनजर गरेर झापाको कमलमा रहेको स्मारिका सामुदायीक अग्रेजी विद्यालयले विद्यार्थीहरुलाई परालबाट पीरा बुन्ने काम सिकाइरहेको छ ।
विद्यार्थीहरुपनि खुव चाख दिएर सिकिरहेका थीए । आफ्नो पुर्खाहरुले प्रयोग गरेको सामाग्री आज आफै बनाउन सिक्दा उनीहरुमा पनि अनौठो जस्तो लागेको थियो । यद्यपी यस्ता कुरा बनाउन सिक्नु आफ्नोलागि गर्भको कुरा रहेको उल्लेख गरिरहेका थीए ।
विद्यार्थीहरुलाई कितावी ज्ञान मात्रै नभएर व्यवहारीक ज्ञान पनि सिकाउनु पर्छ भनेर विद्यालयले बिभिन्न सिप सहितको शिक्षा पनि दिने गरेको छ । यसै सन्दर्भमा कक्षा नौ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई परालबाट पीरा र गुन्द्री बनाउन सिकाउने काम गरिएको छ । यसबाट उनीहरुले पीरा र गुन्द्री कसरी बन्दो रहेछ भन्नेबारेमा सिके भने यसको महत्वका बारेमा समेत जानकारी पाएको शिक्षीका सोनिका बुढाथोकीले बताउनु भयो ।
बालबालिका काँचो माटो हुन उनीहरुलाई कस्तो बनाउने भन्नेबारेमा सानै देखी अभिभावक र विद्यालयले ध्यान दिने हो भने ती असल नागरिक बन्न सक्छन् । यही कुरालाई आत्मसाथ राख्दै विद्यार्थीको रुची अनुसार अतिरिक्त सिप सहितको शिक्षा समेत यहाँ दिइरहिएको विद्यालयका प्रधानाध्यापक गुणराज गिरीले बताउनु भयो ।
भिडियोमा हेरौ