सहकारीलाई ‘बिजनेश केन्द्र’ बनाइयो र समस्या उत्पन्न भयो (भिडियोमा हेरौ)

mahilako mahimahemanti thakur (1)

 

दमक/

पछिल्लो समय सहकारीमा समस्या सिर्जना भइरहेका छन् । सदस्यहरुको विस्वास घट्न थालेको छ । बचत कर्ताहरुले बचत फिर्ता लिने अनी ऋण लिएकाहरुले सकभर ऋण तिर्नै नमान्ने परिमाटीको विकास हुन थालेको छ । केहि सहकारीका सञ्चालकहरुको बदनियदका कारण समग्र सहकारी अभियानमा धव्वा लागीरहेको छ । सहकारी सहकार्य गरेर सदस्यहरुको गर्जो टार्नेमा भन्दा पनि केहि सञ्चालकहरुले पैसा जम्मा गराउने र त्यसलाई आफुखसी सञ्चालन गर्र्दै बढि मुनाफा कमाउन तर्फ लाग्दा सहकारी अभियनमा समस्या सिर्जना भएको राष्ट्रिय सहकारी बैंककी उपाध्यक्ष ओम देवि मल्लेले बताउनु भयो ।

 

बिहिबार झापाको दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लिमिटेडको चौधौँ वार्षिक उत्सवमा बोल्दैै मल्लले

केहि समय अघी सहकारीहरुमा अस्वस्थ्य प्रतिस्पर्धा पनि बढेको थियो । बचतमा उच्चतम ब्याज दिने । अनी ऋणमा न्यूनतम ब्याज लिने । यसले बचत र ऋणको कारोबार गर्न सदस्यहरुलाई प्रभावित पार्ने काम गराएका कारण सहकारीमा समस्या सिर्जना भएको मल्लको भनाई छ । एउटा सस्थाको सदस्या हुँदा हुँदै ब्याजकै लोभमा अर्को सस्थाको समेत सदस्य बनेर बिभिन्न सस्थामा कारोबार गरिदा समेत सहकारीहरुमा समस्या आएकोले यसमा निर्मम नियमन गरिनु पर्ने उहाँको आशय थीयो ।

 

सवल, सुरक्षीत र विस्वाशिलो सस्था, समृद्ध सदस्य भन्ने परिकल्पना स्वरुप सस्थाले स्थापना भएको छोटो समयमै सदस्यहरुको मन जीत्न सकेको दावी सहितको प्रतिवेदन समेत सभामा पेष गरेका छ । सस्थाका अध्यक्ष टिकाराज सापकोटाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख भएअनुसार सस्थाले भर्खरै यहाँ रहेको देव दर्शन कृषि सहकारी सस्थालाई समेत मर्ज गरेको छ । आर्थिक सक्षमता, सहकारी सिद्धान्त र यसको प्रयोगबाट दिगो विकाश, आर्थिक भेवभावरहित सामाजीक न्यायको संस्थागत विकाश र स्थानिय आन्तरीक स्रोत र साधनको अधिकतम परिचालन गर्ने उदेश्यले सस्था मर्ज गरिएको जनाइएको छ ।

(भिडियोमा हेरौ)

सहकारीलाई ‘बिजनेश केन्द्र’ बनाइयो र समस्या उत्पन्न भयो (भिडियोमा हेरौ) – YouTube

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन