दमक/
झापाको दमक १० मा रहेको इन्द्रेणी ताल । यो तालको बारेमा दमक सहित आसपासमा बसोबार गर्ने अधिकांसले सुनेका छन् । कोहि पुगेका पनि छन् । बेला बेला पिकनिक खान वा घुम्न भनेर जानेहरु फेरी इन्देणी ताल आहा राम्रो ठाउँ हो जाउँ जाउँ भनेर फर्केर जानेहरुभने बिरलै भेटिन्छन् । यती मात्रै नभएर अहिले हिउँदको समय सुरु भयो । यो बेला विभिन्न सस्था, क्लव तथा समुहरु पिकनीकमा रमाउने गर्छन । घर देखी बाहिर गएर रमाईलो गर्दै पिकनीक मनाउँछन् । दमकबासीकालागि नजिकै एउटा राम्रो पिकनिक स्पोर्टको आवश्यकता छ । तर यस क्षेत्रका अधिकांशहरु इन्द्रेणी तालहरु छोडेर यतीनै दुरीमा रहेको इलामको चपेटी जान्छन् । वा खुडी जाने गर्छन ।
इन्द्रेणी तालमा चपेटी र खुडीमा भन्दा राम्रा संरचना छन् । पिकनीक खाने बेग्लै स्पोर्टपनि बनाइएको छ । फोटो खिच्ने पर्याप्त स्थलहरुपनि छन् । तर पनि तुलनात्मक रुपमा त्यहाँ पुगीरहेका हुदैनन् । यसो हुनुको कारण चाहि यहाँको व्यवस्थापन समितीको निस्किृयता नै रहेको समितीका पदाधिकारीनै स्विकार गर्छन ।
अहिले यहाँ इन्द्रेणीको आकार देखिने गरि एउटा पुल बनाइएको छ । पोखरीमा डुङ्गा चलाउने तयारी भइरहेको छ । पोखरीमा कमलका फूलहरुले सौन्दर्यता बढाइरहेको छ । वरीपरी बगैचा बनाएर आकर्षक बनाइएको छ । बस्नकालागि फलैँचा छ । घुम्न आउनेहरुकालागि खाजा खाने रेष्टुरेण्ट खुलेको छ । दमक देखी त्यहि ताल सम्म पुग्न कालोपत्रे पिच बनाइएको छ । ताल संरक्षण गर्न घेराबारा गरिएको छ । ठाउँ ठाउँमा पिकनीक स्पर्ट पनि निर्माण गरिएको छ । तर पनि यहाँ आन्तरिक पर्यटक समेत आएनन् । यसरी आन्तरीक पर्यटकको समेत नजरमा पर्न नसकेपछि अघील्लो वर्ष यहाँ बिभिन्न एडभेञ्चर खेल खेलाइयो । त्यो अवधीभर सो खेल हेर्न आउने दर्शक आए । तर ती दर्शक फेरी फर्केर तालमा पुगेनन् । अहिले फेरी यहाँ रहेको इन्द्रेणी यूवा क्लवले इन्द्रेणी कप नक आउट फूटबल टुर्नामेण्टको आयोजनाा गर्दैै छ । के यसरी खेल सम्बन्धीका प्रतियोगिता गर्दैमा पर्यटक बढ्छन् त ? क्लवका अध्यक्ष सुवास सुवेदी भन्नु हुन्छ ‘हाम्रो त प्रयास हो । आउने न आउने आगन्तुकको कुरा ।’
यो ताल सरकारी नजर नपरेको पनि हैन । वडा, पालिका, प्रदेश र केन्द्र सरकार सम्मले यहाँ बजेट दिइरहेका छन् । जसले गर्दा विभिन्न संरचना बनेका पनि छन् । कुनै बेला तालको अस्तित्वनै संकटमा परिसकेको यो ताल सरकारी बजेटमा पर्न थालेपछि भने पहिचान बनाउन सकिरहेको छ । यसलाई दमकको एउटा प्रमुख पर्यटकीय स्थल बनाउने काममा स्थानिय जनप्रतिनिधीहरु लगि परिरहेको र यसकालागि विभिन्न निकायसँग समन्वय समेत गरिरहेको वडा नं १० का वडाध्यक्ष राजेन्द्र भण्डारीको भनाई छ ।
करिव ५ बिगाह क्षेत्रफलमा फैलिएको यो तालको प्रर्वधन गर्न यहि मंसिर २७ गते देखी ३ गते सम्म नक आउट फूटवल प्रतियोगिताको आयोजना हुँदै छ । १२ टिम सहभागी हुने यो प्रतियोगितामा बिजेताले नगद ५० हजार मेडल, टफ्री र प्रमाणपत्र पाउने छन् भने द्धितिय हुनेले नगद ३० हजार मेडल, टफ्री र प्रमाणपत्र र अनुशासीत टिमले समेत नगद १५ हजार मेडल, टफ्री र प्रमाणपत्र पाउने छन् । अन्य विधागत पुरस्कारको पनि पनि प्रवन्ध गरिएको शुक्रबार तालकै अगाडी पत्रकार सम्मेलन गरेर जानकरी गराइएको छ ।
भिडियोमा हेरौ