महिलामाथीको द्धेषपूणर् अभिव्यक्ति र दुस्प्रचार कसरी चिन्ने (भिडियोमा हेरौ)

dlxnfdfyLsf] 4]ifk0f{ cleJolQm b'krf s;L lrGg]

दमक/

कसैलाई होच्याएर तथा अपमान गरेर दिइने अभिव्यक्त हो द्धेषपूणर् अभिव्यक्ति । पछिल्लो समय यस्ता घटना तथा भाषणहरु बढ्न थालेका छन् । जसले गर्दा समाजमा बिखण्डनको स्थिती सिर्जना हुन सक्ने चुनौती बढ्दो छ । यही कुराको मद्यनजर गरेर झापाको दमक नगरपालिका वडा नं ५ ले महिला लक्षीत द्धेषपूणर् अभिव्यक्ति र दुस्प्रचार रोक्ने उपायका जुक्तिका बारेमा महिलाहरुलाई अभिमुखीकरण गराएको छ ।

कसैले दिएको अभिव्यक्तिले आफुमा पर्ने मान मर्दन तथा कसैले गलत प्रचार गर्दा पार्ने असरका बारेमा दमक ५ मा रहेका बिभिन्न टोलका महिलाहरुलाई प्रतिनिधीमुलक ढंगले सहभागी गराएर अभिमुखीकरण गरिएको वडा नं ५ कि महिला सदस्य शोभा बेलबासेले जानकारी दिनु भयो ।

यो वडामा भर्खरै मात्र टोल स्तरिय महिला सञ्जाल गठन गरिएको छ । वडामा रहेका महिलहरुको अवस्था र विभिन्न सचेतनामुलक कार्यक्रम गर्न भन्दै यो सञ्जाल गठन गरिएको हो । सञ्जालको अध्यक्ष रहनु भएकी प्रेम कला निरौला भन्नु हुन्छ अहिलेको प्रविधिको सहि प्रयोग गर्न नजानेर पनि कतिपय महिलाहरुले दुख पाइरहेका छन् । ।त्यसबाट छुटकारा गराउन पनि यो कार्यक्रम महत्वपूणर् हुन सक्छ ।

द्धेषपूणर् अभिव्यक्ति र दुस्प्रचारका पूरुष भन्दा बढि महिलामा असर देखिएको छ । यसले परिवारमा बिखण्डन ल्याउनुका साथै अन्य विभिन्न समस्याहरु पनि सिर्जना गराइरहेको छ । यसको निराकारण गर्नका लागि एक व्यक्ति तथा एउटा सस्थाको मात्रै प्रयासले सम्भव नहुने र यसमा पुरै समाज सचेत बनेर मात्रै सम्भव हुने यस अभिमुखीकरणका प्रशिक्षक समेत रहनु भएका दलित महिला केन्द्र झापाको कार्यक्रम संयोजक सोमराज ढकालले बताउनु भयो ।

टोल महिला सञ्जालले आयोजना गरेको यो कार्यक्रममा वडा कार्यालयले सहयोग गरेको थियो भने कार्यक्रममा वडाका बिभिन्न टोलबाट प्रतिनिधीत्व गरेका महिलाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।