कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथी पहिचानवादीहरुले ढुङ्गा प्रहार गरेका छन ।
झापाको दमक स्थित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा मुख्यमन्त्रीको गाडिमा पहिचानवादीहरुले कालो झन्डा देखाउदै ढुङ्गा प्रहार समेत गरेका हुन ।
दमकको गणतन्त्र चोकबाट दक्षिण तर्फ रहेको एक पार्टी प्यालेसमा दमक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्की प्रमुख अतिथीको रुपमा आउनु भएको हो ।
पहिचानको विपक्षमा प्रदेशको नाम राखिएको भनेर विभिन्न पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन ।