दमक/
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहिचानको मुद्धा आफुले अनुभुती गराउने गरि उठान गरेको दावी गर्नु भएको छ ।
आज झापाको दमक नगरपालिकाले आयोजना गरेको लागु औषधको नियन्त्रण , रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको सुभारम्भ सभालाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका बारेमा आन्दोलन गर्नेहरुलाई आफ्नो पहिचानबारेमा अध्ययन गर्न सुझाव पनि दिनु भएको छ । मन्तव्यकै क्रममा उहाँले भन्नु भयो ‘नाम भागेश्वर चौधरी थारु भषा आउँदै आउँदैन, शंकरमान लिम्बु लिम्बु भाषा आउँदै आउँदैन, राईलाई राईको भाषा आउँदैन, राईको सस्कृती आउँदैन अनी आफ्नो भाषा र सस्कृती आउँदैन तर नाम राख नाम भनेर नारा जुलुस मात्रै गरेर हुन्छ , त्यो सिक्नु पर्दैन ’ उहाँले प्रश्न गर्नु भयो
यती मात्रै नभएर उहाँले आफ्नो पहिचान खोज्नेले भाषा, सस्कार र सस्कृतीबारेमा समेत ज्ञान राख्न र त्यसलाई समेत पहिचान ठान्न सुझाव दिनु भएको छ । आफु मुख्यमन्त्री भएपछि राष्ट्रिय विभुती फाल्गुनन्दको नाममा यो प्रदेशभीत्रका विभिन्न जात जाती, भाषा भाषी, सस्कार र सस्कृतीको संरक्षण, संर्वधन र प्रर्वधन गर्नकालागि फाल्गुनन्द भाषा सस्कृती संरक्षण संवर्धन भनेर प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको छु र त्यो चाँडै गठन पनि गर्छु ।’ उहाँले बताउनु भयो ।
यसपछि उहाँले प्रश्न गर्दै भन्नु भयो तपाई पहिचानवादी कि म पहिचानवादि आउनुस मलाई प्रश्न गर्नुस भन्दै पहिचानवादिहरुलाई चुनौती समेत दिनु भयो । उहाँले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादि बन्न नसकिने पनि उल्लेख गर्नु भयो ।
उहाँले किरात सभ्यता त आफुहरुको सस्कृति हो, सम्पत्ती हो , सबैभन्दा ठुलो सम्पत्ती नै कोशी प्रदेशको किरात सभ्यता रहेको बताउँदै पहिचानवादिहरुलाई थुम्थुम्याउने प्रयास पनि गर्नु भएको थियो । त्यसको संरक्षण सरकारले गर्ने समेत उहाँले कार्यक्रमका क्रममा प्रतिवद्धता जनाउनु भयो । यसकालागि आफुले बजेट पनि छुट्याएको उहाँको भनाई छ ।
मुख्यमन्त्री कार्कीलाई आजै पहिचानवादीहरुले कालो झण्डा देखाएर उहाँ सवार गाडीमा ढुङ्गा समेत प्रहार गरेका थीए ।
भिडियोमा हेरौ